समयथान बहुमुखी क्याम्पसको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः डिल्लीराज भुषाल।

[ राम अवतार चौधरी ]


कपिलवस्तु:= समयथान बहुमुखी क्याम्पसको दोस्रो अद्यिवेशन तथा सभाहल शनिबार उद्घाटन भएको छ । अद्यिवेशनबाट डिल्लीराज भुषालको अध्यक्षतामा ९ सदस्य कार्य समिति गठन भएको छ । जसको उपाध्यक्ष सन्तोषी पाण्डे, सदस्यहरुमा ईश्वरी पाण्डे, बलाराम मरासिनी, कपिलदेब खनाल, थानेश्वर खनाल, जित बहादुर राउत, बिष्ण्ुा खनाल र प्रभु यादब चयन भएका छन् ।

त्यसैगरी ३ सदस्यीय लेखा समिति गठन भएको छ । जसको संयोजकमा झबिलाल भण्डारीे रहेका छन्, सदस्यहरुमा चेतनारायण खनाल र सारदा अर्याल निर्वाचित भएका छन् । यस्तै ४ सदस्यीय सल्लाहकार समिती गठन भएको छ । पे्रम बहादुर रायमाझीको संयोजकत्वमा राम बहादुर रायमाझी, कृष्ण कुमार चौधरी र रबि पौडेल रहेका चयन भएका छन् ।

यसैबीच लम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी क्याम्पसको सभाहलको उद्घाटन गदै शिवराज नगरपालिका भित्र रहेका २ क्याम्पसलाई संचालन गर्नका लागि यस क्षेत्रका नेता, उद्योगी, व्यापारी, संघ संस्था तथा आम नागरिकको सकरात्मक भुमिका हुनुपर्ने बताएका छन् । शिक्षाको बिकास नभए सम्म अन्य बिकासको परिकल्पना समेत गर्न नसकिने भएको बताउँदै दुबै क्याम्पसले गुणस्तरीय शिक्षाका लागि निकै मेहनत गर्नुपर्ने बताए । सदस्य केसीले दुइ क्याम्पसले अस्वस्थ प्रतिप्रधा गर्ने नभएर क्याम्पसका संचालक समिति बिच एकअर्काको सहयोगी बन्नु पर्ने जनाए । साथै आउने बर्ष बिद्यार्थीलाई आवतजावतमा सहज बनाउन बस ल्याउन पहल गर्ने प्रतिबद्दता समेत सदस्य केसीले ब्यक्त गरे ।

त्यसैगरी नेपाल उद्योग बाणिज्य संघ चन्द्रौटाका अध्यक्ष तथा केन्द्रीय सदस्य जमसेर अलिमियाले शिक्षमा गुणस्तरीयाता हुनु पर्नेमा जोड दिनुपर्ने बताएका छन् । अध्यक्ष मियाले यस क्षेत्रमा उद्योगहरु धेरै भएकाले पनि लेखा अध्ययन गर्ने बिद्यार्थीको संख्या बृढि गर्नुपर्ने बताए । मियाले उद्योगहरुमा प्राय बाहिरबाट जनशक्ति ल्याएर लेखाशाखामा काम गराउनु परेको बताउँदै अब यस क्षेत्रमा पर्याप्ता मात्रामा लेखा अध्ययन गर्न बिद्यार्थीलाई प्रेरित गर्नुपर्ने बताउँदै आफूले आवश्यक सहयोग गर्ने समेत उनले जनाए ।

कार्यक्रममा नेकपा शिवराज नगर कमिटीका अध्यक्ष दिनेश पुनले गुणस्तरीय शिक्षा कायम गर्न नसके बिद्यार्थी संख्या समेत कम हुने भएकाले यस क्षेत्रका बिद्यार्थी बाहिर जान नपर्ने गरि क्याम्पस संचालन गर्नु पर्नेमा जोर्ड दिएका थिए । त्यस्तै नेपाली कांग्रेसका युवा नेता अजय थापाले यस क्षेत्रका बिद्यार्थीले प्रायजसो बाहिर बढ्न जाने भएकाले गुणस्तरीय र प्रभावकारी शिक्षाका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा समयथान बहुमुखी क्याम्पसका अध्यक्ष डिल्लीराज भुषालको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको प्रमुख आथित्यता, शिवराज नगरपालिका वडा न.३ का अध्यक्ष टेकलाल साप्कोटा, समयथान माबिका प्रअ.गिरीराज गैरे, व्यापारसंघ कपिलबस्तुका वरिष्ठ उपाध्यक्ष जगत पौडेल, उद्योग बाणिज्य संघ चन्द्रौटाका वरिस्ठ उपाध्यक्ष ईश्वरी पाण्डे, जसपाका प्रतिनिधि कृष्ण कुमार चौधरी, त्रिभुवन माबिका प्रअ.घनश्याम चौधरी, महिला नेता सन्तोषी पाण्डे लगायतको सहभागिता साथै क्याम्पस प्रमुख नामदेव खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।