स्वावलम्बनमा नयाँ नेतृत्व र चेतनशील टोल विकासकोे सार्वजनिक सुनवाई।

[ राम अवतार चौधरी ]

कपिलवस्तु:= स्वावलम्बन समूहको बार्षिक साधारण सभा तथा टोल विकास समितिको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार किर्डाक नेपाल कपिलवस्तुको सहयोग र शिवराज नगरपालिका वडा नं.१ वडा कार्यालयको समन्वयमा जिल्लाको शिवराज–१, शिवपुरमा कार्यक्रम सम्पन्न भएको हो ।

स्वावलम्बन समूहको सम्पन्न साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा फूलमती थारु चयन भएकी छन् भने उपाध्यक्षमा कुमारी थारु रहेकी छन् । यस्तै सचिवमा सुनिता थारु निर्वाचित भएकी छन्, भने आशा थारु सह–सचिव भएकी छन् त्यसैगरी कोषाध्यक्ष मन्नी थारु रहेकी छिन् , त्यसैगरी हाल सम्म ३६ जना सदस्य समूहमा रहेको स्वावलम्बनले जनाएको छ ।

शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सक्रिय रहेको समूहलाई निरन्तरताको कामना गरेकी छन् । स्वावलम्बन र टोल विकास समूहको गतिविधीले समाजमा राम्रो प्रभाव रहेको प्रशंसा समेत उनले गरिन् । समुदायमा रहेको विकृति र विसंगतिका गतिविधीलाई चिर्दै सरसफाईका कार्यक्रम अगाडी बढाएर समाजमा जनचेतना फैलाउँदै नेतृत्व गरेको एकदमै सह्रानिय कार्यको रुपमा समाज परिवर्तनमा अग्र भूमिका स्वावलम्बन र टोल विकासले गरको उपप्रमुख थारुले उल्लेख गरिन् । बजेट आएको बेला मात्रै समूह सक्रिय नभएर हरपल हमेसा समूहको चुस्तादुरुस्ता कार्य राख्न जरुरी रहेका उनले बताईन् । विगतमा आफूले हुर्केको गाउँठाउँमा समूहले गर्दा निकै फड्को मार्नमा टोल विकास लगायत स्वावलम्बन रहेको साथै नयाँ नेतृत्व चयन भएका नवा पदाधिकारीलाई बधाई तथ शुभकामना समेत नगर उपप्रमुख थारुले व्यक्त गरिन् ।

यसैबीच शिवराज नगरपालिका वडा नं.१ का वडा अध्यक्ष जगत बहादुर जिसीले स्वावलम्बन र टोल विकास समूले गर्दा समूहले गरेको कार्य प्रशंसा गरे । आज सम्म आफ्नो वडालाई नमुना बनाउने स्थान सम्म आएको श्रेय भने किर्डाक, स्वावलम्बन र टोल विकास संस्थालाई जाने उनले बताए । किशोरी समूह, आमा समूह हुँदै टोल विकास सम्म पुग्नुमा सबैको महत्पूर्ण भुमि रहेको अध्यक्ष जिसीले जानकारी दिए ।

उक्त कार्यक्रममा किर्डाक नेपालका कपिलवस्तु जिल्ला संयोजक कृष्ण रावल, शिवराज नगरस्तरिय थारु संग्राहलय संरक्षण समितिका अध्यक्ष प्रकाश थारु, समाजसेवी राजु थारु लगायतले कार्यक्रममा बोलेका थिए ।