नेपाल परिवार दल बाराको बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न।

[ अभय दुबे ]

बारा:= नेपाल परिवार दल बारा को हिजो शनिबार कलैयाको दास गेस्ट हाउसमा बसेको बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल परिवार दल बाराको जिल्ला अध्यक्ष रामचन्द्र चौधरी को अध्यक्षता मा उक्त कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी परित्याग गरि ब्रहमदेव यादव ,दिपक ठाकुर ,जोगिन्द्र राम ,मुम्ताज अन्सारी ठकुराइ ले पार्टी प्रवेश गर्नु भएको थियो।

उक्त कार्यक्रम मा परिवार दल का स सचिव दिनेश चौधरी ,जिल्ला सदस्य रामबाबु सोनार ,उमेश राम ,हरिन्द्र चौधरी ,उपेन्द्र सरार्फ ,गान्धी सहनी बिद्यार्थी परिवार को अध्यक्ष शुभनरायन कुशवाहा शिक्षक परिवार का सदस्य दिलिप चौधरी लगायतको उपस्थिति रहेको थियोे ।

त्यसै गरि परिवार दल का जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले भन्नु भयो पुराना राजनेतिक दल हरुले जनता लाई पटक पटक धोका दिने काम गरेको हो । अब बेकल्पिक शक्ति निरमान कार्यमा अगाडि बढने तथा अदालत मा बिचार धिन मुद्दा लाई सडक बाट प्रभावित न गरौ चौधरी ले बताउनु भएको छ।