[ राम अवतार चौधरी ]
कपिलवस्तु:= कपिलवस्तुको शिवराज–५, चन्द्रौटा चोकमा जनता समाजवादी पार्टीले जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ । केपी ओली सरकारको असवैधानिक, अलोकतान्त्रिक एवम् प्रतिगमनकारी कदमको विरुद्घ बुधबार विरोध सभा कार्यक्रमको आयोजना गरिएको जसपा कपिलवस्तु जिल्ला अध्यक्ष कैलाश अग्रहारीले जानकारी दिए ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकरणी सदस्य तथा पुर्व कृषिमन्त्री अकबाल अहमद शाहले कार्यक्रमलाई सम्बोधन गर्दै ओली सरकारले देशलाई बर्वादी तर्फ धकेली रहेको आरोप लगाएका छन् । राजा आँउ देश बचाउ होइन, अब केपी हटाऔँ देश बचाऔँ भन्नु पर्ने अवस्था सिर्जना भएको उनले बताए ।
आदिबासी जनजाती, मुस्लीम मधेशी समुदायको हक अधिकारलाई कुण्ठित पार्ने ओली सरकार अब धेरै समय टिक्न नसक्ने चेतवानी समेत पूर्व कृषि मन्त्री शाहले दिए । केपी ओलीको असंवैधनिक तथा अलोक्तान्त्रीक कदम विरुद्ध नेपाली जनता सशक्त प्रतिबाद गरीरहेको उनले जनाए । तत्कालिन राजा भन्दा क्रुर शासन सत्ता सञ्चालन गरिरहेका वार्तमान प्रधानमन्त्रीलाई पदबाट हटाए मात्र देशले निकास पाउने पुर्वमन्त्री शाहले बताए।

जसपाकी केन्द्रीय कार्यकारणी सदस्य अमृता अग्रहरीले तानाशाही प्रधानमन्त्रीको कदमले देश दलदलमा फसेको बताएकी छन् । देश र जनताको हकअधिकार भन्दा केपी ओली कुर्चि र पदको राजनितिमा लिप्त भएको सदस्य अग्रहरीले आरोप लगाईन् ।
यस्तै कार्यक्रममा जसपाका लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले प्रधानमन्त्री केपी ओलीको असंवैधनिक तथा अलोक्तान्त्रीक कदमको विरुद्घ प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै प्रदेश अध्यक्ष यादवले जसपा विरोधमा उत्रिएको जानकारी दिए । सोही सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रवीदत्त मिश्रले प्रधानमन्त्री केपी ओली सरकार आफनो कार्यकर्ता पाल्ने काम मात्र गरेको आरोप लगाउँदै केन्द्रिय सदस्य मिश्राले ओली सरकारको खरो आलोचना समेत गरे ।

उक्त कार्यक्रममा जसपाका प्रदेश सदस्य तथा युुवा नेता रहिश शाहले वर्तमान सरकार आदिबासी जनजाति थारुहरुको हक अधिकारलाई वेवस्ता गरेको बताए । सबैभन्दा बढि मत ल्याएर विजयी भएका रेशमलाल चौधरीलाई जेल जिवन बिताउन बाध्य गर्नु ओली नेतृत्व सरकारको सबैभन्दा अलोकतान्त्रीक कदम भएको उनले जनाए । सरकार भ्रष्टचारीहरुको संरक्षण र निर्दोशलाई सजय दिने गरको युवा नेता शाहले बताए । कण्डैकाण्डले भरिएको सरकार अब धेरै दिन टिक्न नसक्ने समेत नेता शाहले जानकारी दिए ।




















