बहादुरगञ्ज आँखा अस्पतालमा कर्मचारी आवास भवनको सिलान्यास।

[ राम अवतार चौधरी ]

कपिलवस्तु:= कपिलवस्तुको बहादुरगञ्ज अवस्थित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा कर्मचारी आवास भवनको मंगलबार सिलन्यास गरिएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित नारायणी आँखा अस्पतालको कर्मचारी आवास भवन रु ५० लाखको लागतमा निर्माण हुन लागेकोे अस्पतालले जनाएको छ ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्ज संविधान सभा सदस्य तथा छन्द काले बाबु नारायणी आँखा अस्पतालका सल्लाहकार बुद्धिराम भण्डारीले सिलान्यास कार्यक्रममा बोल्दै भण्डारीले आखाँ शरिरको महत्वपुर्ण अंग रहेकोले उपचारमा ढिलासुस्ती गर्न नहुने बताएका छन् । आँखा जस्तो संवेदनशील अंगाको उपचार अस्पतालले सहज र सुलभ सेवा प्रदान गरेको उनले बताए । अस्पतालको सेवा प्रवाहमा ढिलासुस्ती गर्न नहुने भन्दै कर्मचारीहरु कटिबद्ध भएर काम गर्न भण्डारीले सुझाए । विगत १६ बर्ष देखि बहादुरगंजमा रहि आखाँ स्वास्थ्य संचालन गर्दै आइरहेको अस्पतालले नेपाल र भारत दुवै देशका आँखाका बिरामीको उपचार गर्दै आईरहेको रहेको सल्लाहकार भण्डारीले जानकारी दिए ।

उनका अनुसार संघद्धारा सञ्चालित आँखा अस्पतालहरुले गुणस्तरी सेवा प्रदान गर्दै अस्पतालको भौतिक विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको जनाईएको छ । भारतमा भन्दा नेपालमा आँखाको उपचार सुलभ, सहज तथा भरपर्दो हुने हुँदा अस्पतालमा नेपाली भन्दा भारतीय नागरिक बढि आउने गरेको पाईन्छ । जग्गादाता नारायणी शाहले अस्पताललाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराएर ठूलो योगदान गरेको प्रशंसायोग्य रहेको बताईन्छ ।

त्यसैगरी निर्माण समितिका संयोजक लिला शाहले विगतका समयमा सानो भवनबाट सेवा प्रवाह गर्दै आएको अस्पताल आज सुविधायक्ुत भवनबाट बिरामीलाई सेवा प्रदान गरिरहेको र कर्मचारी आवास भवनको पनि सिलान्यास भएकोमा खुसि व्यक्त गरिन् । भवनको निर्माण पश्चात डक्टरलाई समेत राहत मिल्ने बताउँदै उपचार पद्धतीलाई व्यवस्थित बनाउनुपर्ने साथै सेवा प्रवाहको बारेमा गाउँ गाउँ सम्म सन्देश पु्याउनुपर्ने उनले सुझाव दिइन् । शिलान्यास भएको ८ कोठे कर्मचारी आवास भवनको निर्माण कार्य ३ महिना भित्र सम्पन्न गरि सक्नुपर्ने संयोजक शाहले जनाईन् ।

प्रतिनिधि सभा सदस्य अभिषेक प्रताव शाहले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमबाट विनियोजित रु ५० लाख सहयोगमा भवन निर्माण कार्य सुरु गरेको जनाउँदै यस क्षेत्रका सांसदले रकम बिनियोजित गरेर अस्पतालको सेवामा थप गुणस्तरीयता बनाउन सहयोग गरेकामा अस्पतालले धन्यवाद व्यक्त गरेको छन्द कालोवावु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।