बाराको दुधौरा पुलको निर्माण हुँदै, मन्त्री सोनलले गरे सिलान्यास।

बारा := भौतिक पुर्वधार तथा बिकास मन्त्रालयले बाराको जितपुर सिमरा उपमहानगरपालिका वार्ड न. ८ र २० रमौली बसतपुरमा पर्ने दुधौरा पुलको बिधिवत पुजाआजा गरि पुल निर्माणको शिलान्यास गर्नु भएका छन।

दुधौरा नदीमा पुल निर्माण हुनेभएपछि लामो समयदेखि वैकल्पिक बाटो प्रयोग गर्न बाध्य रहेका स्थानीय हर्षित भएका छन् । पुल नहुँदा वर्षायाममा स्थानीय २५ किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गर्ने गरेका थिए ।

प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयको झन्डै १३ करोड रुपैयाँको लागतमा निर्माण हुनलागेको पुलको आइतबार मन्त्री जितेन्द्र सोनलले शिलन्यास गरेका छन् । पुल निर्माणको जिम्मा मकवानपुर जिल्लास्थित हेटौँडाको सपना मेरिना जेभी कन्स्ट्रक्सनले लिएको छ।

१ सय मिटर लामो पुल आगामी २०७९ असोज २८ गतेसम्म निर्माण कम्पनिले सम्पन्न गर्ने सम्झौता गरेको मन्त्रालयले जनाएको छ ।

शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री सोनलले विकास निर्माणमा प्रदेश नम्बर २ ले अन्य सम्पूर्ण प्रदेशलाई पछाडी छोडेको दावी गरेका थिए । उनले पुल निर्माणपछि ग्रामिण क्षेत्रका कृषकहरुको उत्पादन शहरी बजारसम्म सजिलै पुग्ने विश्वास व्यक्त गरे ।No description available.

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्यसमेत रहेका मन्त्री सोनलले पुल निर्माण पश्चात जितपुर सिमराका जनतालाई जिल्लाको सदरमुकाम कलैया पुग्न समेत सहज हुने बताए ।

उनले एक फरक प्रसङ्गमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीयता विरोधी भएको बताउँदै नेकपालाई बहिष्कार गर्न जनतासँग आग्रह गरेका थिए ।No description available.

शिलन्यास कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य एकबाल मियाँ, जसपाका नेता घनश्याम गिरि, शिवजी साह, वडा अध्यक्ष रामबाबु पटेल, सरोज पटेल, रसुल मियाँलगायतको उपस्थिति रहेको मन्त्री सोनलका स्वकीय सचिव सन्तोष यादवले जानकारी दिए ।