[ अभय दुबे ]
बारा:= बारा प्रहरीले नियन्त्रणमा लिएर राखेको खसी बोका खोस्न जादा स्थानिय ब्यापारी र प्रहरी बिच झडप भएको छ।
तेलकुआ चैकीमा हिजो बिहिवार दिउँसोको समयमा खसीबोका नियन्त्रणमा लिएको बारे स्थानीय महिलाहरु सोधपुछ गर्न जादा त्यहाको प्रहरी कार्यालयको प्रहरी सहायक निरीक्षक रामनरेश यादवले कानुनलाई आफ्नो हातमा लिइ अन्य प्रहरीहरुसंगै मिलेर झडपको क्रममा महिला हरु लाई कुटपिट गरेका छन्।
कुटपिट बाट ३ जना महिला घाइते भएका छन्। सुवर्ण गाउँ पालिका को वडा ८ अध्यक्ष सैबुलाह मिया कुजडाले प्रहरी कार्यालय तेलकुआ मा गयर सोध्दा त्यहा को प्रहरी वाडा अध्यक्ष लाई समेत नियन्त्रणमा लिई कुटपिट गरेका बताइएको छ।

त्यस्तै सुवर्ण गाउँ पालिका को बर्ष २८ की सजहान खातुन लाइ हात खुट्टा अनुहार मा चोट लागेको छ। त्यसतै बर्ष ५५की लालबिबी खातुन लाइ खुट्टा ढाड मा चोट लागेको छ। बर्ष १५ को अतितु रहमान लाई ढाडमा चोट लागेका छ। बर्ष ४० को मेराजुल मिया लाई खुट्टा मा चोट लागेको छ।
सुवर्ण गाउँ पालिका को अध्यक्ष महेन्द्र प्रसाद यादव त्यहा पुगेको थिएँ र प्रदेश न २ सांंसद बच्चा प्रसाद यादव समेत नेकपा माओवादीका केन्द्रीय सदस्य रामबाबु यादव लगायत अन्य धेरै जनाको सहभागिता थियो। स्थानीयले तेलकुआ चौकमा बाटो अवरुद्ध गरी प्रहरी को ज्यादती चल्दैन,प्रहरी ज्यादती बन्द गर ! भन्ने नारा लगाएका थिए।

खसी बोका लाई ल़ोकल गाडीमा हालेर प्रहरी ले जिल्ला प्रहरी कार्यालय बारामा नबुझाउने मनसायले सरकारी गाडी को प्रयोग नभएको वाडा अध्यक्ष सैबुलाह मिया ले जानकारी दिनुभयो। सुवर्ण गाउँ पालिका मा घरी घरी प्रहरीले ज्यादति गरेका छन् सुवर्ण गापा को अध्यक्ष महेन्द्र प्रसाद यादव ले जानकारी दिए।
प्रहरी बिच र जनता बिच दोहोरो झडप हुँदा प्रहरी हबल्दार शिव कुमार साह समेत घाइते भएको जनाइएको छ। प्रहरी प्रतीकारमा उत्रेर स्थानीयले खसी बोका खोसेर लगेका छन्। दुई पक्ष बिचको झडपमा प्रहरी चौकी को खाने पानी धारा र फर्निचर समेत ध्वस्त पारेका छ्न।




















