एजेन्सी := कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका अवैधानिक विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने समयावधि थप गरिएको छ।
कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि थप गरिएको कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
यो भन्दा पहिले डिसेम्बर १ देखि डिसेम्बर ३१ सम्मको लागि तोकेको जरिवाना तिर्ने समयावधि सकिएसँगै पुनः एक महिनाको लागि थप गरिएको मन्त्रालयलाई उद्धत गर्दै कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ।
कुवेतको आन्तरिक मामिला मन्त्रालयको २८ डिसेम्बरको नयाँ निर्णयअनुसार जनवरी १ देखि शुरू हुने गरी एक महिना थप गरिएको हो । थप गरिएको अवधिभित्र समेत आवासीय कानुन उल्लङ्घन गर्ने विदेशी नागरिकहरूले आफ्नो कानुनी वैधता कायम गरेको नपाइएमा कारबाही हुने जनाइएको छ ।
यो अवधिभित्र पनि वैधता कायम नगरेमा कुवेत सरकारको कानुन बमोजिम जरिवाना हुने, आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट गरिने जनाएको छ।




















