मघौटा गीत सार्वजनिक, संस्कृति संरक्षणमा टेवा (भिडियो सहित)

[ राम दहित ]

कैलाली:= थारु समुदायको महान चाड माघ आउनै लाग्दा माघमा गाइने र नाचिने गीतमा यति बेला थारु कलाकारहरुले म्युजिक भिडियो बनाउन तिर जुटेका छन् । खास गरि यति बेला उनीहरुले माघमा नाचिने मघौटा नाच र धमार लगायत गीतमा म्युजिक भिडियो निर्माणमा जुटेका हुन् ।


यसै बिच ‘बाबाकी सागरमा मुडिया लहाइ गैनु हा‘टिकुली छुटल पानी घाट’ भन्ने बोलको मघौटामा निर्माण भएको म्युजिक भिडियो सार्वजनिक भएको छ । कञ्चनपुरको सिंहपुर गाउँमा छायांकन भएको भिडियो सोमबार म्युजिक भिडियो सीएस फिल्मस् प्रालिबाट सार्वजनिक भएको हो ।

सुधराम दहितको निर्देशनमा भएको म्युजिक भिडियोमा बीर चौधरी, भानु चौधरी, सुनिता दहित, महिमा चौधरी लगायतका कलाकार रहेका छन् ।
गीतमा गायिका सोमति थारु र गायक बिजय चौधरीको स्वर रहेको छ । क्यामेरा र एडिट सतिश सिंन्हाको रहेको छ । थारु कल्चरल गीत रहेकोले म्युजिक भिडियो निर्माणले थारुहरुको पहिचान, कला संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :