प्रचण्ड-नेपाल पक्षले केपी ओलीलाई पार्टी अध्यक्षबाट हटायो।

काठमाडौं:= नेकपाको प्रचण्ड–नेपाल पक्षले केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ।

मंगलबार बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिनु भयो।

बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए। नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन्।

केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटिले ओलीमाथि गर्ने कारवाहीसहितका प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेर छलफल गरिएको थियो।