एजेन्सी := बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ। अहिलेसम्म ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । बेलायत र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन भनेको छ।
डब्ल्यूएचओका आपत्कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो नियन्त्रण बाहिर नरहेको बताउनु भएको छ। यस्तै, युरोपेली सङ्घले संकट समाधानमा साझा नीति बनाउन वार्ता गरिरहेको छ।
संघमा आबद्ध २७ देश कसरी अगाडि बढ्ने भन्ने विषयमा छन् । बेलायतसँगै डेनमार्क, अस्ट्रेलिया, इटाली र नेदरल्यान्ड्समा पनि नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण पाइएको बीबीसीले जनाएको छ।




















