काठमाडौं:= राष्ट्रपतिबाट संसद विघटनको सिफारिस सदर भए लगतै संवैधानिक निकायहरुमा नियुक्त गर्न सिफारिस भएको छ ।
संवैधानिक परिषद्को निर्णयबमोजिम आज विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिश भएका ४५ जनाको नाम संसद सचिवालयमा पुगेको छ ।
संसदीय सुनुवाईका लागि उनीहरुको नाम पठाइएको हो ।
स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईको नाम सिफारिश भएको छ । त्यसैगरी निर्वाचन आयोगको सदस्यमा दुई सदस्य नियुक्त गर्न सिफारिस भएको छ । स्रोतका अनुसार निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस भएको छ ।
सरकारले मंसिर २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो।
प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा यसको सर्वोच्च अदालतबाट संवैधानिक निरुपण नभएसम्म सुनुवाई हुँदैन । ४५ दिनभित्र सुनुवाई नभए स्वतः नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
संवैधानिक परिषद्ले गरेका सिफारिसहरू
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रेमकुमार राई (प्रमुख आयक्त)
जयबहादुर चन्द (आयुक्त)
वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (आयुक्त)
किशोरकुमार सिलवाल (आयुक्त)
निर्वाचन आयोग
वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (आयुक्त)
डाक्टर जानकी तुलाधर (आयुक्त)
राष्ट्रिय मानव अधिकार आयोग
तपबहादुर मगर (अध्यक्ष)
मनोज दवाडी (सदस्य)
डा सूर्य ढुङ्गेल (सदस्य)
लिली बस्नेत थापा (सदस्य)
मिन ठाकुर (सदस्य)
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
जुद्ध गुरुङ (सदस्य)
अमर राज मिश्र (सदस्य)
महिला आयोग
कमलाकुमारी पराजुली (अध्यक्ष)
कृष्णकुमारी पौडेल खतिवडा (सदस्य)
विद्याकुमारी सुनार (सदस्य)
दलित आयोग
देवराज बिक (अध्यक्ष)
मिना शोब (सदस्य)
परशुराम रम्तेल (सदस्य)
कुञ्ज बराइली (सदस्य)
मेहेने पार्थी (सदस्य)
समावेशी आयोग
मानप्रसाद खत्री (अध्यक्ष)
रामकृष्ण तिमिल्सिना (सदस्य)
हरिदत्त जोशी (सदस्य)
आदिवासी जनजाती आयोग
रामबहादुर थापा (अध्यक्ष)
मिनश्रीस मगर (सदस्य)
मिनचुङ लामा (सदस्य)
रिमा राना (सदस्य)
शरण राइ (सदस्य)
मधेशी आयोग
जीवत्व साह (सदस्य)
रेणुदेवी साह (सदस्य)
विजय गुप्ता (सदस्य)
थारु आयोग
विकास चौधरी (सदस्य)
बबिता चौधरी(सदस्य)
सुबोध सिंह (सदस्य)
भोलाराम चौधरी (सदस्य)
मुस्लिम आयोग
मोहम्मदिन अलि (सदस्य)
मिर्जा अरसद बेग (सदस्य)




















