ग्रसित पत्रकारिता बाट माथि उठेर कार्य गर्ने: अध्यक्ष गुप्ता।

[ अभय दुबे ]

बारा:= संघिय लोकतान्त्रिक गणतन्त्रमा संचारको भुमिका आवश्यक भएकोले हाम्रो संगठन त्यसप्रति हरेक कुरालाई समाजको सामु जस्ता को त्यस्तै प्रश्तुत गर्ने
प्रतिबद्धता जनाएका छन्।


तर हालको अवश्थामा हाम्रा समाजमा भए गरेका समस्यालाई बिभिन्न दलगत भावनाले ग्रसित भएको कुरालाई औल्याउँदै त्यस्ता गतिविधिबाट माथि उठेर मधेसी पत्रकार समाज नेपाल पर्सा जिल्लामा शाखाको बिस्तार र पुनः गठन र जिम्मेवारी सहित आज मधेसी पत्रकार समाज नेपालको प्रदेश न २ का उपाध्यक्ष मनोज मिश्रको सयोजकत्वमा नयां समिति चयन गरिएको छ।

पर्सा जिल्ला कार्यसमिति ८ सदस्यीय समितिले अध्यक्ष पदमा श्याम प्रसाद गुप्ता उपाध्यक्ष दिपेन्द्र प्रजापति,सचिव बलिराम यादव,कोषाध्यक्ष आरती बरनवाल,सदस्यहरु अरुण यादव,सोनी सराफ, रामजी यादव, बृजेश यादव लगायतको चयन भएका छन।


मधेसी पत्रकार समाज पर्साले समस्यामा परेका पत्रकारलाई चाहिने सहयोग गरी समस्याको समाधान गर्ने तथा उत्पिडनमा परेका सब्रसधारन को आवाजलाई सम्बन्धित निकायको ध्यान आकर्षण गराउने उद्देश्यले यस संगठन निर्माण गरिएको छ। बिगतको समस्यालाई औल्याउँदै बिधमान बारेमा पत्रकारिताको भूमिका निउज रहेको बारेमा बिषेश ध्यानाकर्षण गरी अगाडि बढने समेत अध्यक्ष गुप्ताले जनाएका हुन्। त्यस्तैै समाजका अध्यक्ष गुप्ताले आउने दिनमा पर्साका कुनै पत्रकार माथि कुनै प्रकारको समस्या परेको खण्डमा आफुहरु पनि त्यसको लागि जुन सुकै कदम चाल्न पछि न हट्न जनाएका छन्।