नेपाली दूतावास र जनउद्धारको सहयोगमा जेलमा रहेका ७ जना नेपाली स्वदेश फिर्ता।

क्वालालम्पुर ( मलेसिया ):= मलेसिया स्थित नेपाली राजदुतावास र जनउद्धार केन्द्र मलेसियाको सहयोग,सहकार्यमा एकजना महिला सहित जेलजिवन बिताइरहेका ७ जना नेपालि श्रमिकको सकुशल उद्वार गरि स्वदेश फिर्ता गराइएको छ ।

लामो समय जेलबन्दी जीवन बिताएर स्वदेश फर्कनेहरुमा , स्याङ्जाकि लक्ष्मि नेपाली, धनगढीका बाबुराम गुरुङ्ग, दोलखाका टीका बहादुर सार्की, गोर्खाका दिपक बिश्वकर्मा , काभ्रेपलान्चोकका आशिस थापा, पर्बतका लाल बहादुर सुनार , र संखुवासभाका फुर्बु सांङ्गे सेर्पा रहेका छन । उनिहरु सबै लाइ जुरु घरफिर्ती केन्द्र पेनाङ्गबाट उद्वार गरिएको नेपाली दूतावासका द्धितिय सचिव प्रेम बहादुर बुढा थापाले बताउनुभयो।

[ नेपाली दूतावासको द्धितिय सचिव प्रेम बहादुर बुढाथापा संगै मलेसियन विमानस्थलमा स्वदेश फर्किन लागेका नेपाली श्रमिकहरु ]

उद्वार पछि स्वदेश फिर्ता हुनेहरु प्राय सबै जनाले मलेसियाको कानुन उलंघन गरेको आरोपमा यहाँको अध्यागमन बिभाग (ईमिग्रेशन) ले नियन्त्रणमा लिई जेल चलान गरेको थियो। दूतावासको अनुसार जनउद्धार केन्द्र संगको संयुक्त पहलमा , लक्ष्मि नेपाली र टीका बहादुर सार्किको टिकट उनिहरुले काम गरेको कम्पनीबाट उपलब्ध गराइएको थियो , भने बाँँकी नेपालीहरुको लागी उनीहरुको परिवार र जनउद्वार केन्द्रले नै सहयोग जनाइएको छ।

उनिहरु हिमालयन एअरलाइन्सको ०६:१० बजेको उडानमा स्वदेश फर्किएको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले जानकारी गराउनुभयो।