क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले विश्वब्यापी माहामारीको रुप लिएर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को भ्याक्सिन खोप आउदो नयाँ बर्ष २०२१ को मार्च महिनाबाट सुरु गर्ने तयारी थालेको छ।
मलेसिया सरकारको अन्तर्राष्ट्रिय ब्यापार तथा उद्योग मन्त्री मोहम्मद अजमिन अलीले स्थानीय सञ्चार माध्यमसंगको कुराकानीको क्रममा बोल्दै भने,”सरकारले पीफाइजर र ग्लोबल कोभ्याक फ्यासिलिटिका खोपहरु किन्ने प्रक्रिया सुरु गरिसकेको बताएको छ।”
मन्त्री अलीको अनुसार सुरुमा कोरोना विरुद्धको खोप ३० प्रतिशत जनतालाई पुग्ने खरिद गर्ने भएता पनि केहि समयपछि बढाएर ७० प्रतिशत जनतालाई पुग्ने खोप खरिद गरिने र त्यसको लागी सम्पुर्ण गृहकार्य समेत भैइरहेको बताएको छ।
आउदो बर्षको फेब्रुअरी महिनासम्ममा मलेसियामा आयात गरिसक्ने र मार्च महिनाको सुरुवातबाट नै स्थानीय मलेसियन नागरिकलाई खोप लगाउन थाल्ने तयारी रहेको बताइएपनि यहाँ कार्यरत लाखौंलाख विदेशि नागरिक,श्रमिकको हकमा भने मलेसियन सरकारले केहि आधिकारिक धारणा सार्वजनिक गरेको छैन।-Bernama



















