[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= जि.एस समाज सेवा युवा क्लब बातुपहात मलेसियाद्वारा मृगौला पीडित एक नेपालीलाई आर्थिक रकम सहयोग प्रदान गरिएको छ।
वैदेशिक रोजगारीको क्रममा बिगत ७ बर्षदेखी मलेसियाको
गिम्मिल इन्डसट्रीअल एसडिएन बिएचडी नामक कम्पनीमा काम गर्दै आएका नेपाल ठेगाना उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नम्बर.८ निवासी मृगौला पीडित हिरालाल बि.क.को उपचारमा सहयोग पुर्याउने हेतुले मलेसियन रिंगेट ७ हजार ८५० आरएम , नेपाली रु.२ लाख २६ हजार १५५ रुपैयाँ सहयोगिदाताहरुबाट संकलन गरि सहयोग प्रदान गरिएको जि.एस समाज सेवा मलेसियाको अध्यक्ष राम बहादुर परियारले मलाया खबरलाई बताउनुभयो।


क्लबको सल्लाहकार समेत रहेका हिरालाल मलेसियामै रहदा समाजसेवाको क्षेत्रमा समेत सक्रिय रहेला थिए।
अन्य पीडित नेपालीहरुको सेवा गर्दागर्दै एकदिन आफैं मृगौला पीडित बन्न पुगेका हिरालाललाई मलेसियन डाक्टरले यहाँ उपचार एकदमै महङ्गो हुने भएकोले आफ्नै देश फर्केर उपचार गराउन सल्लाह दिइएका थिए।
त्यसै अनुरुप रोजगारदाता कम्पनीको सहयोगमा हिरालाल स्वदेश फर्केर अहिले बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानको अस्पतालमा उपचारार्थ हुनुहुन्छ।

अध्यक्ष परियारले बताए अनुसार जि.एस समाज सेवा युवा क्लब, बातुपहात मलेसियाले केही दिन अगाडिदेखि “हीरालाललाई बचाऔं सहयोग अभियान” सञ्चालन गरेको थियो। करिब २२ दिन चालेको उक्त अभियान मार्फत सहयोग गर्ने सहयोगी दाताहरूको नमावली निम्न प्रकारको रहेको छ।
# ओरेन्ज होस्टेल आरएम: १२४७
# सोङ्लिन होस्टेल आरएम: ७७३
# वाण्डिङ् होस्टेल आरएम: ४८०
# बुलुबेरी होस्टेल आरएम: २२७
# H2 होस्टेल आरएम: १३१४
# तामान मेघा(बाहिर)आरएम:९५६
# डोनेशन बक्स आरएम: ७५०
१) मिथुन बिराजी आरएम: १५१
२) सोमनाथ भण्डारी आरएम:१५१
३) मदन गिरि आरएम:१०५
४) जटिल बि. सि. आरएम:१०१
५) सन्तोष राई आरएम:१०१
६) निराजन बस्नेत आरएम:१०१
७) प्रमोद कुमार मोक्तान आरएम:६०
८) त्रिपुरा तामाङ आरएम:५५
९) सन्तोष पौडेल आरएम:५५
१०) रमेश ढुंगाना आरएम:५५
११) मनोज मण्डल, मगर दाइ, सारु, सुभाष आरएम:२०४
१२) राम परियार आरएम:५१
१३) आरती बि. क. आरएम:५१
१४) बलराम सुनार आरएम:५१
१५) हेमराज बस्नेत आरएम:५१
१६) हरी न्यौपाने आरएम:५१
१७) सुर्जा माया तामाङ आरएम:५१
१८) प्रेम बराल आरएम:५१
१९) असिम श्रेष्ठ आरएम:५१
२०) गंगा कार्की आरएम:५१
२१) आभा कुमारी राई आरएम:५१
२२) विमल पोख्रेल आरएम:५१
२३) मनासी गुरुङ आरएम:५०
२४) दिपक चुनारा आरएम:५०
२५) तिलक मगर (खोटाङे) आरएम:५०
२६) शोभा मगर आरएम:५०
२७) नविता लिम्बू आरएम:३०
२८) गजेन्द्र गुरुङ आरएम:३०
२९) सुरज मगर आरएम:२६
३०) उपेन्द्र कुमार चौधरी आरएम:२५
३१) विनेश जैसवाल आरएम:२१
३२) रोशन बि. क. आरएम:२०
३३) अमृता चौधरी आरएम:२०
३४) शिव कुमार मण्डल आरएम:२०
३५) मनोज शाह आरएम:१०
# जम्मा संकलित रकम आरएम ७,८५० रिंगेट/नेपाली रु.२,२६,१५५/- (अक्षरेपी , दुई लाख छब्बीस हजार एक सय पच्पन्न रुपैयाँ)





















