वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको कथा समेटिएको म्युजिक भिडियो सार्वजनिक।

कैलाली:= समाजसेवी लाल बहादुर साउँदको शब्द संकलनमा “कोरियाको कम्पनी”बोलको गित सार्बजनिक भएको छ ।

रोजगारीको सिलसिलामा विदेशिएका लाखौं नेपालीहरुको जीवन कथालाई यथार्थ चित्रण गरि अत्यन्त मार्मिक र उकृष्ट रहेको छ । उक्त गित शान्ति श्री परियारको आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक भएको गरिएको छ ।

चर्चित लोकप्रिय गायक कुलेन्द्र बि.क. र गायिका शान्ती श्री परियारको आवाजमा रहेको गीत निकै उकृष्ट बनेको छ ।

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल गायक तथा सर्जक साउँद सुदूरपश्चिमेली समाज कोरियाका सल्लाहकार समेत हुन ।सामाजिक कार्यमा सक्रिय भुमिका निर्वाह गर्दै आएका छन ।

उक्त म्युजिक भिडियोको निर्देशक शेर बहादुर डीसी हुन् भने छायांकन शुशिल डांगी र दीपक पौडेल के डिले गरेका हुन् । यस्तै म्युजिक भिडियोको सम्पादन अभिनास डांगीले गरेका हुन् ।

उक्त गितको संगित सयोंजन विनोद बाजुरालीले गरेका थिए भने गितको मिक्सिङ खडक बाजुरालीले गरेका थिए। भिडियो भित्र चर्चित मोडल अञ्जली अधिकारी र रोजेन सुन्दासको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो: