गरि खाने हात मेसिनले काट्यो उद्वार तथा सहयोगको आसा छ धन बहादुर नेम्बाङ।

इलाम चुलाचुलि ५ का धनबहादुर नेम्बाङ मलेसियामा को सेलाङ्गर स्टेट स्थित बम्सापुरि मा लामो समय देखि अबैधानिक रुपमा काम गर्दै हुनुहुन्थो ।

हिजो बिहान कार्यरत अबस्थामा मिसिन ले देब्रे हात हात काटिएर अहिले मलेसिया को क्लाङ सहर मा रहेको सरकारि स्वामित्व मा रहेको क्लाङ हस्पिटलमा उपचाररत हुनुहुन्छ।

बन्द रहेको मिसिन सफाइ गर्ने क्रममा अचानक मेसिन चलेपछि हात काटिएको हो । उहाँ निक्कै लामो समयावधि देखी अबैधानिक रुपमा बस्दै आउनु भएको थियो । साधारण तया उहाँ काम गर्ने कम्पनीले खर्च बेहोर्ने भएको छ तर पुरै उपचार खर्च स्वदेश फिर्ता लगाएत का काम हरु मलेसियामा रहेका नेपालि कम्युनिटि हरुले सघाउ पुर्याउनु हुन्छ कि ! भन्ने आपेक्षा राख्दै सहयोग को लागि अपिल गर्नुभएको छ ।