अनिता र प्रकाशको फुटेको चुरा (भिडियो सहित)

काठमाडौँँ:= नेपाली लोकसंगीतका लोकप्रिय गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको सहकार्य नयाँ गीत ‘फुटेको चुरा’ सार्वजनिक गरिएको छ । प्रकाश र अनिताको स्वर रहेको गीतमा प्रकाशकै शब्द तथा संगीत रहेको छ गीतमा । 

प्रकाश सुपत आफ्नै निर्देशन रहेको भिडियोमा नम्रता श्रेष्ठ रानी, प्रकाश सपुत सिपाहको भूमिकामा छन् । यस्तै बुगी उगी विजेता कविता नेपाल र गायिका चलाउनेसँगै निरज पन्थी पनि भिडियोमा प्रस्तुत हुनुहुन्छ । नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गनु भएको हो भने कोरियोग्राफी गम्भीर विष्टले गर्नु भएको हो ।

युट्युबमा सार्वजनिक भएको २ घण्टामै झण्डै ५० हजार पटक हेरिएको थियो । भिडियो प्रकाश सपुतको युट्युबमा हेर्न सकिन्छ ।