काठमाडौं:= नेपाली कांग्रेसले भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा विपत्तिमा परेका नागरिकको सहयोगका लागि राहत तथा सहयोग अभियान सुरु गरेको जनाएको छ। बाढीका कारण प्रभावित बनेका परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले पार्टीले अभियान सञ्चालन गरेको हो। कांग्रेसले विपद्को यस घडीमा सबैलाई आफ्नो क्षमताअनुसार सहयोग अभियानमा सहभागी हुन अपिलसमेत गरेको छ।
अभियानमा सहभागी भई आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले कांग्रेसले उपलब्ध गराएको कुपण्डोलस्थित नेपाल बैंकको खाता नम्बर १३५००१००१५६९७२०००००१ मा सहयोग रकम जम्मा गर्न सक्ने जनाइएको छ।
कांग्रेसले विपत्तिमा परेका नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्याउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै मानवीय सहयोगका लागि हातेमालो गर्न आग्रह गरेको छ।




















