हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको छ:बाबुराम भट्टराई।

काठमाडौं := जनता समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पुस्ताले युद्ध लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको बताउनुभएकाे छ ।

पछिल्ला दिन एउटै शैलीमा देश का प्रमुख शहर र काठमाडौंमा गरिएका राजा वादीहरुको प्रदर्शनको कडा आलोचना गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताउनु भएकाे हाे । सोमबार सामाजिक सञ्जाल ट्वीटर मार्फत अध्यक्ष भट्टराईले ती प्रदर्शनलाई ०१७ सलाका योगी नरहरिनाथहरुको भद्दा नक्कलको संज्ञा दिनुभएकाे छ ।

[ केहि दिनदेखि देशको संघीय राजधानी काठमाडौं लगायतको ठाउँ ठाउँमा राजा आउ देश बचाउ भन्दै प्रसर्शनमा उत्रिएका नेपाली जनता ]

उहाँले लेख्नुभएकाे छ- ‘यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ।तर यो२१औं शताब्दी हो, ससार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन् । हाम्रो पुस्ताले ल’डेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको छ है !’ एउटै शैली पछिल्ला दिन काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् ।