अमेरिकामा ३० बर्षका नेपाली युवा कुमारको निधन।

काठमाडौँ:= अमेरिकामा एक नेपालीको उपचारका क्रममा निधन भएको छ । अमेरिकाको टेक्सास स्थित अस्टिनमा बस्ने ३० वर्षका कुमार केसीको आकस्मिक निधन भएको उनका साथी हरि बस्यालले जानकारी दिनुभयो।

रुकुम स्थायी घर भई पछि काठमाडौंमा बसाई सराई आएका थिए । अमेरिमाकामा भाईसंगै बस्दै आएका कुमार केसी बेलुका सकुशल सुतेका थिए , तर केसी विहान छटपटाइरहेको पाइएपछि आकस्मिक रुपमा अस्पताल भर्ना गरिएको भएता पनि उनलाई बचाउन नसकिएको बस्यालले बताउनुभयो।

उनको मृत्युको कारण भने अहिलेसम्म अस्पतालले बताइ सकेको छैन । उनको पोष्ट मार्टम रिर्पोट भने आउन बाँकी नै रहेको छ।