[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) भन्ने डरलाग्दो रोगबाट पिडित भैरहवा निवासी १३ महिने शिशु सियोना श्रेष्ठको उपचारमा सहयोग स्वरुप अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाले आर्थिक सहयोग प्रदान गरेको छ।
कलिलै उमेरमा रोगबाट ग्रसित भएपछि सियोनाको आमाबुबा एकदमै चिन्तित भैइ उपचारको लागी देशदेखि विदेशसम्म यताउता भौतारीरहेको छ। अहिले सियोनाको उपचार पोल्यान्डमा भैईरहेको छ , र उपचारको लागि कम्तिमा रु.२५ करोड लाग्ने डाक्टरले बताए पछि परिवारद्वारा अार्थिक सहयोगको लागि मनकारी ब्यक्ति तथा समाजिक संघसंस्थालाई सहयोगको निम्ति अपिल गरेका थिए।



परिवारको अपिल सुनेर सियोनाको लागी निरन्तर रुपमा नेपाली तथा विभिन्न मुलुक बाट सहयोग हुँदै आईरहेको जानकारी प्राप्त भएको छ। सोही सहयोग अभियान अन्तर्गत सियोनाको थप उपचारको लागि मलेसिया बाट पनि आर्थिक रकम संकलन गरि सहयोग गरेका हुन।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रिय शाखा मलेसियाका प्रमुख सल्लाहकार टोप बहादुर पुन मगरको संयुक्त अभियानमा जोडिएर मलेसिया स्थित कोसान ग्लोभ कम्पनीमा कार्यरत सुवास तामाङ,जिवन भण्डारी,हरि बहादुर राई,प्रजोवल महरा,रमेश बि.क,अरुन,जीवन प्रधान,रमेश घले,पुरण सिंह मगर,इन्द्र रसाइली,त्यसैगरी अमेरिकाबाट किशोरी राई र एकवाल हुसेन बङ्गलादेशी नागरिकको संयुक्त पहलमा जम्मा भएको रकम नेपाली रु. १,५०१५९ |- (अक्षरेपी एक लाख पचास हजार एक सय उन्नसठी रुपैयाँ) सियोना श्रेष्ठ बचाउ अभियानमा रहेको बैंक खाता नम्बर A/c.no 206500000031524 बैंक अफ काठमाडौमा जम्मा गरिदिएको जनाएको छ।
रोल्पाली सेवा समाजले कोसान ग्लोभ कम्पनीमा कार्यरत सम्पूर्ण सहयोगी मनहरु प्रति हृदय देखि हार्दिक नमन तथा उच्च संमान ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ।






















