निर्मात्री बन्ने तयारीमा आँचल

काठमाडौं । नेपाली चलचित्रकी नायिका आँचल शर्मा अब चलचित्र निर्माणमा हात हाल्ने तयारीमा हुनुहुन्छ । बिहे गरेर नयाँ घरजममा रहनु भएकी नायिका आँचल चलचित्रको पर्दामा सफल नायिकाको रूपमा चिनिनुहुन्छ । 

उदिप श्रेष्ठसँग बिहे गरेपछि आँचलले चलचित्रमा लगानी गर्ने सोच बनाउनु भएको हो । यसका लागि उदिप र आँचलले तयारी गरिरहनु भएको छ । तर, यो प्रोजेक्ट सुरु हुन केही समय भने लाग्ने बुझिएको छ । चलचित्रका लागि निर्देशक मिलन चाम्सलाई अफर गरिएको छ । यो विषयमा मिलले भन्नु भएको छ, ‘म उदिपसँग नजिक छु । उदिप र आँचलको चलचित्र बनाउने सोच छ । यसका लागि उनीहरू तयारी पनि गरिरहेका छन् । म आफैं लगातार तीनवटा चलचित्र निर्देशन गर्दैछु । यसैले, यी तिन चलचित्र नसकेसम्म आँचलको चलचित्रको काम सुरु गर्न मलाई गाह्रो पर्छ ।’ कति समयपछि चलचित्र निर्माणमा हात हाल्ने भन्ने विषयमा आँचल र उदिपले मुख नखोलेपछि चलचित्र विशेष बनाउने तयारीमा जुटेको बुझिएको छ ।