मलेसिया सरकारले अबैधानिक (इलिगल)कामदारलाई पुनः बैधानिक बन्ने अवसर दिदैँ।

क्वालालम्पुर(मलेसिया):= मलेसियामा अबैधानिक (इलिगल) रुपमा कार्यरत रहेका आप्रवासी,विदेशी श्रमिकहरु लाई मलेसियन सरकारले पुनः तेस्रो पटकको अबैधानिकबाट बैधानिक बन्ने अवसर दिने निर्णय मलेसिया सरकारले गरेको छ।

यो अवसर बाट नेपाली, बाङ्लादेशी, भियतनाम, इन्डोनेसिया, म्यानमार, लगायत थुप्रै देशका आप्रवासी कामदारहरु लाई राहत पुग्ने आङकलन् गरिएको छ। कार्यक्रम यहीँ नोभेम्बर १६ तारिख , सोमबार देखि जुन-३० तारिख २०२१ सम्म जारी रहने बताइएको छ। यो खबर स्थानीय अनलाइन पत्रीका फ्रि मलेसिया टुडेमा प्रकाशित छ।

यो कार्यक्रम अध्यागमन विभाग र प्रायद्वीपीय मलेसियाको श्रम विभाग र अन्य सरकारी संस्थाहरुले कुनै तेस्रो पक्ष अर्थात एजेन्टको संलग्नता नभई स्वत सरकारी मातहतमा कार्यान्वयन हुने समेत स्पस्ट पारेको छ। कार्यक्रम “हालका लागि केवल निर्माण , वृक्षारोपण ,र कृषि ” (थ्रीडी) क्षेत्रमा कार्यरत रोजगारदाताहरू लाई मात्र पुन: प्राप्ति योजनामा कार्यान्वयनको क्रममा अबैधानिक आप्रवासीहरू कामदारका रूपमा लिन पाउने अनुमति दिइएको छ।थ्रीडी भन्नाले डेन्जरस (खतरनाक), डिफिकल्ट (कठिन) एण्ड डर्टी (फोहर) भनेर बुझिन्छ ।

मलेसियामा थ्रीडी अन्तर्गत गर्ने ४ क्षेत्रहरु निर्माण, उत्पादन, प्लान्टेशन र कृषि हुन् । तर, यी ४ क्षेत्रमा अवैधानिक कामदारलाई वैधानिक कामदारको रुपमा काममा लगाइँदा त्यसले मलेसियाली नागरिकको श्रम बजारमा अवसरलाई भने प्रभावित पार्न पाइने छैन । यसरी अबैध कामदार लाई बैधानिक बनए बापत सरकारले आप्रवासी र रोजगारदातामाथि लगाईएको अन्य शुल्कबाट करिब रु ९५ लाख करोड कमाउने अपेक्षा गरिएको छ।

कोभिड-१९ को यो महामारीमा अधिकांश आप्रवासी स्वदेश फर्कन कठिन परिस्थिति साथै यहाका कम्पनीमा पर्ने प्रभाव लाई मध्यनजर गर्दै यो अवसर खोलेको समेत गृहमन्त्रीले बताएको छन।पटकपटक बैधानिक बन्ने अवसर दिएपनि बैधानिक प्रक्रियामा सहभागी नहुनेहरुका लागी यो कार्यक्रमको अन्त्य संगै मलेसियन अध्यागमन विभागले आगामी जुन महिना बाट शसक्त रुपमा अबैधानिक बिदेशी श्रमिक लाई धरपकड गर्ने समेत निर्णय गरेको छ।