यसकारण हरीयो खुर्सानी खान आवश्यक हुन्छ, जसले दिन्छ आश्चर्यजनक फाइदाहरु।

पिरो खान मन पराउने धेरै हुन्छन् । तर, अत्यधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपि, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् ।

हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ ।

अब यसका फाइदाबारे चर्चा गरौँ :

१.  हरियो खुसार्नी क्यालोरी रहित हुन्छ ।

२.  हरियो खुसार्नीले डाइविटिजलाई पनि फइदा गर्छ । हरियो खुर्सानी खानाले तपाईको शरिरको ब्लड शुगर लेबल सन्तुलित हुने गर्छ ।

३.  पाचन शक्ति बढाउँछ । खुर्सानीमा फाइबर हुन्छ, कब्जीयतबाट बचाउँछ। यसले खाना सजिलै तरिकाले पचाइदिन्छ र यसले पाचन सम्बन्धी बिमारीहरुलाई राहत मिल्छ ।

४.  हरियो खुसार्नीमा एन्टी बैक्टीरियल गुण पाईन्छ जसले गर्दा छाला सम्बन्धि रोग लाग्नबाट बचाउँछ ।

५. क्यान्सर बाट बच्न हरियो खुर्सानीले सहयो गर्छ ।हरियो खुर्सानीमा एन्टीअक्सीडेन्ट हुन्छ जसले शरिरको रोग प्रतिरोधक क्षमता बढाउँछ । पुरुषहरुलाई हरियो खुर्सानीले पोस्ट्रेट कैंसर को खतराबाट बचाउने गर्छ ।

६. प्रतिरक्षामा सुधार ल्याउँर्न सहयोग गर्छ । हरियो खुर्सानीमा भिटामिन सी भरपूर मात्रामा हुन्छ जसले प्राकृतिक प्रतिरषमा सुधार गर्छ । यसले तपाईलाई विमारी हुनबाट बचाउँछ अर्थात् रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

७.  हरियो खुर्सानी सेवन गर्नाले छालाको लागी फाइदाजनक । हरियो खुर्सानीमा भिटामिन इ पनि पाइन्छ जसले छालाको लागि आवश्यक प्राकृतिक तेल बनाउने गर्छ । यसले छाला मुलायक र राम्रो हुन जान्छ ।

८. हरियो खुर्सानीको सेवनले शरीरमा आइरनको कमी हुनबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउँछ

तर यसको सेवन भने ठिक्क मात्रामा गर्नु पर्छ फाइदा गर्छ भन्दैमा बढी भने खानु हुँदैन ।