नेपालमा कोरोनाले संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७६०, मृत्यु हुनेको संख्या १,१४८ पुग्यो।

काठमाडौं:= पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण भेटिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ। 

पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म १ लाख ६० हजार ५७७ जना संक्रमण मुक्त भएका छन् ।

आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ।