NRNA क्षेत्रीय समिती जोहोरबारुले बार्षिक साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने।

[ आरएन चौधरी थारु / तिलोचन गौतम ]


क्वालालम्पुर ( मलेसिया ):=  गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया जोहोरबारु क्षेत्रीय शाखा समितिले आफ्नो एक वार्षिय कार्यकाल पूरागरि दोस्रो बर्षमा प्रवेश गरेको शुभ-अवसरमा अनलाइन भर्चुअल माध्यममार्फत बार्षिक साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।

कोरोना भाइरस ( कोभिड-१९) को संक्रमणको कारण अहिले मलेसियामा सरकारले जारी गरेको सिएमसिओले प्रत्येक्ष भेला भैइ समुहगत रुपमा भिडभाड हुनेगरी कुनै किसिमको मनोरञ्जनात्मक अथवा साँस्कृतिक कार्यक्रम आयोजना गर्न भेला हुन बन्देज लगाएकोले कोरोना संक्रमणलाई नै मध्य नजरगर्दै यहीँ नोभेम्बर १४ तारिख,शनिबारको दिन एनआरएनए क्षेत्रीय समिती जोहोरबारुले आफ्नो सम्पर्क कार्यालयको परिसरबाटै भर्चुअल मार्फत कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष मिम गुरुङले बताए।

सोही दिन संघको बार्षिक उत्सवमा क्षेत्रीय समितीले एकबर्षमा गरेको कार्य योजना तर्जुमा,समिक्षा तथा बार्षिक खर्च आय ब्यय सार्वजनिक गर्ने र हिन्दु धर्मावलम्बीहरुको चाडपर्व दिपावली तथा छठको पावन अवसरमा एकअर्कासंग शुभकामना आदानप्रदान समेत गर्ने अध्यक्ष गुरुङले मलाया खबरलाई बताए।

मलेसियाका विभिन्न ठाउँमा समस्या,पीडामा रहेका नेपालीहरु लाई राहत तथा उद्धार गर्दै आएको संघको क्षेत्रीय शाखाको स्थापना मिति २०१७/१२/२४ तारीख आइतबारका दीन भएको थियो ।

राजधानी क्वालालम्पुरबाट झन्डै ३००  किलोमीटर टाढा रहेको जोहोर राज्य मा ठुलो संख्यामा नेपालि कामदारहरु कार्यरत रहेको छ। ती कामदारहरुलाई आवश्यक समस्या परेको खण्डमा खुल्ला सहयोगी मनलेनै सहयोग गर्नको लागी एनआरएनए हरदम , हरपल तयार रहने गरेको क्षेत्रीय समिति जोहोरबारुको सचिब अर्जुन सिंह अनुरागीले बताए।