क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा यहीँ महिना नोभेम्बर १० तारिखसम्म जारी गरिएको सशर्त आवागमन नियन्त्रण आदेश ( CMCO ) सिएमसिओको अवधी थप लम्ब्याएको छ।
मलेसियामा नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा र मृत्यु हुनेको संख्यामा अच्चानक पुनः वृद्धि भएपछि सरकारले देशभरिको केही राज्यभित्र सशर्त आवागमन नियन्त्रण आदेशको अवधी बढाएर आउदो महिना डिसेम्बर ६ तारिख २०२० सम्म लम्ब्याएको मलेसिया सरकारको वरिष्ठ-रक्षामन्त्री ईस्माइल साब्री याकोबले एक पत्रकार सम्मेलन मार्फत बताए। यो खबर स्थानीय पत्रीका द-स्टारमा प्रकाशित छ।

यहि नोभेम्बर १० तारिखसम्म लगाइएको सिएमसिओले देशभर कोरोना संक्रमित रोक्न खासै प्रभावकारी नभएपछि डिसेम्बरसम्म थप गर्नुपरेको रक्षामन्त्री याकोबले बताए।
अहिले कोरोना जोखिम उच्च रहेको ठाउँ क्वालालम्पुर , सेलाङ्गर , पुत्राजाया , केलाङ् र साबाह , साराबाह , लगायतकोमा कन्डिसनल एमसिओ कडाईका साथ जारी लागू गरिएको र संक्रमण कम नहुन्जेलसम्म जारी रहने रक्षामन्त्री साब्रीले बताएको थियो , तर अब यस् सुचीमा थप राज्यहरु केडाहा, पेनाङ, नेगरी सेम्बिलान, मलक्का, पेराक, जोहोर र तेरागांनु लगायतकोमा पनि कडाइको साथ लागू गरिएको बताए।
अहिले एक राज्यबाट अर्को राज्यमा यात्रा गर्नलाई विशेष किसिमको यात्रा अनुमति लिएर मात्रै यात्रा गर्न मिल्ने नियम सरकारले लगाएको छ , साथै एसओपि पालना नगर्ने हरु लाई कडा कारवाही गरिने समेत यहाँको सरकारले बताएको छ।




















