एजेन्सी:= विश्वभर कोरोना संक्रमणबाट हालसम्म १२ लाख ४२ हजार १९४ व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले शनिबार जनाएको छ ।
गत डिसेम्बरमा चिनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म ४ करोड ९२ लाख ५९ हजार ४४३ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५० लाख भन्दा बढी कोरोना मुक्त भएका छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको देश संयुक्त राज्य अमेरिकामा यसबाट २ लाख ३६ हजार ६४ जनको मृत्यु भएको छ । अमोरिकामा ९७ लाख ३३ हजार ३५९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार १५ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । त्यहाँ ५६ लाख ३१ हजार १८१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।
भारतमा १ लाख २४ हजार ९५० जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । त्यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस सङ्क्रमित भएका छन्।




















