चायापर्ने समस्याको घरेलु समाधान

काठमाडौं । चिसो मौसमको आगमनसँगै धेरै जना टाउको तथा शरीरमा हुने चायाले हैरान भएको पाइन्छ । जतिनै सरसफाईमा ध्यान दिएपनि चायाले हामीलाई चिसो मौसममा बढी हैरानी दिन्छ ।

चायाका कारण कपाल चिलाउने समस्या समेत हुने गर्दछ । साथै कपालको जरा समेत कमजोर हुने गर्दछन् । चिकित्सा तथ्यपत्र अनुसार, सेतो धूलोको कणजस्तै देखिने चाया एक प्रकारको निर्जीव छाला हो, जुन कपालको जरो छेउछाउ जम्मा हुन्छ । चाया बढ्दै जाँदा टाउको चिलाउने, छालामा खटिरारबिमिरा देखिने, छाला सुन्निनेजस्ता समस्या देखिन थाल्छन् । चायाले अनुहार, आँखीभौं, परेला, कानको पछाडिसमेत जम्मा भएर ‘सिबोरिक डर्माटाइटिस’ को रूपसमेत लिने गर्छ । चाया सबै मौसममा हुने गर्छ, जाडो याममा अलिक बढी चाहिँ अवश्य हुन्छ । त्यसैले हिउँद लागेपछि कपाललाई विशेष हेरचाह अत्यावश्यक हुन्छ ।

विशेष त यी कुरामा ध्यान दिन सके चायाबाट छुट्कारा पाउन सकिन्छ ।

– चायाको समस्या छ भने नियमित रुपमा कपाल कोर्नुहोस् । यसो गर्दा कपालको जराबाट तेल निस्किन सहयोग पुग्दछ । यस बाहेक कपाल कोर्दा कपालको विकास पनि हुने गर्दछ ।

– चाया छ भने राम्रो क्वालिटीको स्याम्पुको प्रयोग गर्नुहोस् । यस्तो हेयर प्रोड्क्टको प्रयोग गुर्नुहोस्, जसमा जिंग पाइरिथिय हुने गर्दछ। यो चायाबाट छुटकारा दिनका लागि निकै राम्रो हुने गर्दछ ।

– एरोवेलाको रसले कपालको मसाज गर्नुहोस् र एक घण्टापछि चिसो पानीले धुनुहोस् । यसो गर्दा चायाको समस्या हट्ने गर्दछ ।

– नरिवलको तेलमा कपुर मिलाएर राख्नुहोस् । त्यसपछि नुहाउनु भन्दा १ घण्टा पहिले यसले कपालको मालिस गर्नुहोस् । नियमित रुपमा यसो गर्दा चायाबाट छुटकारा पाउन सकिन्छ।

– एक गिलास पानीमा ४ चम्चा बेसन मिसाएर पेस्ट बनाउनुहोस् । त्यसपछि यसलाई कपालमा लगाए १ घण्टापछि चिसो पानीले पखाल्नुहोस् । यसो गर्दा पनि कपालको चायाबाट छुट्कारा पाउन सकिन्छ ।

-चायाबाट मुक्तिको लागि दही र कागतीको रस मिलाएर कपालमा लगाउनुस्। आधा घन्टापछि कपाल पखाल्नुस्। यसो गर्दा चाया कम हुदै जान्छ ।

त्यस्तै विज्ञहरुले तनावले पनि शरीरमा चाया हुने बताउँछन् । तनावले स्वास्थ्यलाई अझ बढी नबिगार्ने स्वास्थ्य अबस्था कतै हुन्छ ? तपाई आफनु स्वास्थ्यमा सुधार गर्न लाग्नु भएकाबेला तपाईँ कस्तो अबस्थाको सामना गर्दै हुनुहुन्छ भन्ने कुरा भनिरहनु पर्दैन । तपाईँलाई तनाव कम गर्ने सल्लाह दिइन्छ । यो चायाको समस्या पनि त्यो भन्दा फरक छैन । औषधीविज्ञहरु तनावले यो अबस्थालाई अझ बढी चर्काउँछ भन्ने कुरामा विश्वास गर्छन् ।