सुमित शर्मा ‘समीर’ को उपन्यास ‘प्रवास’ सँग बस्दा

सुमित शर्मा ‘समीर’ उपन्यास ‘प्रवास’ पाठक माझ आएको छ । यो उहाँको पहिलो उपन्यास कृति हो । कुनै समय टेलिभिजन पत्रकारितामा रहनुभएका सुमितले आफ्नो पहिलो कृति ‘प्रवास’ मा एउटा मध्यम तथा निम्न वर्गीय मुस्लिम युवाको औसत सपनाको कथा बुन्नु भएको छ । उपन्यासको परिवेशलाई पाकिस्तानी पृष्ठभूमि दिइएको भए पनि यो एउटा नेपाली युवाको कथामा निरूपित गर्न सकिन्छ । 

‘प्रवास’ मा पाकिस्तानको एउटा युवा अलीको क्यानाडा प्रवासिएको कथालाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा परम्परागत समाज र संस्कृतिमा हुर्किएको अलीको बाल्यकाल अभिभावकविहीन भएर बितेको, सानै उमेरमा आएको जिम्मेवारीको हण्डरले ऊ अन्तर्मुखी–अस्थिर र एक्लो भएको, पाकिस्तानको लोहारमा सिभिल इन्जिनियरिङमा स्नातकमा उतीर्ण भएपछि १५ वर्षसम्म सरकारी जागिर खाएर आफ्नो परिवारलाई सुखी र खुसी राख्नका लागि आफ्नो जन्मथलो छोडेर क्यानडातर्फ प्रवासिएकोे कथा बुनिएको छ ।

उपन्यासमा क्यानडा पुगेर आफ्नो योग्यता र क्षमताभन्दा कैयौं गुणा निम्नस्तरको जागिर गरेर उसले श्रीमती, बिरामी भाइ र छोरीको जीवनलाई केही सरल अवश्य बनाएको । तर, प्रवासको निरस जीवनमा अन्य पाकिस्तानी प्रवासीजस्तै रमाउन नसकेको कथा व्यक्त गरिएको छ । क्यानडा बसाइको केही समयपछि ऊ आफ्नै मुलुक फर्र्किए पनि उसले सोचेजस्तो नभएको, श्रीमती पुनः ऊसँग असन्तुष्ट हुँदै गएको र छोरीसहित अर्कै व्यक्तिसँग अमेरिकातिर हिँडेको प्रसंगलाई बडो रोचक ढंगले प्रस्तुत गरिएको छ उपन्यास ‘प्रवास’ मा ।

युवा अलि बूढो भइसकेको तर ऊ युवावस्थामा भन्दा पनि एक्लो भएको, उसले सम्बन्ध, परिवार र घटनालाई बुझ्ने र सोच्ने तरिका बदलिएकोे उपन्यासमा व्यक्त गरिएको छ । उता उसकी श्रीमतीको कथा पनि अलीको जस्तै हुबहु दोहोरिएको उपन्यासमा देखाइएको छ । प्रौढ अवस्थामा पुनः दुवैको जीवन उही र उस्तै रूपमा पुनरावृत्ति भएको छ उपन्यासमा ।

‘खोज’, ‘अनुभूति’, ‘प्रेम’, ‘विछोड’ र ‘उदय’ उपशीर्षक राखिएको यो उपन्यास  १ सय ८५ पृष्ठको छ । उपन्यासमा परिवार, सम्बन्ध, सुख, प्रेम, देश, विदेशलगायतका पक्षको वैचारिक र व्यावहारिक पाटोको व्याख्या मिठासताका साथै जानकारीमूलक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा डेढ दशकदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध लेखक समीरले बुझेका जीवनका विविध सन्दर्भहरूको छाप पर्याप्त पाइन्छ । 

आमा सरिता घिमिरे÷बाबा समीर घिमिरे र छोरा संविदलाई सम्र्पण गरिएको यो उपन्यासको केन्द्रबिन्दुमा निम्न मध्यम वर्गका बुढ््यौलीउन्मुख ‘अली’ छन् । उपन्यासमा अली आधुनिक समाजले थोपरेको जिम्मेवारी निवार्ह गर्न बाध्य छन् । जीवनको कुनै बिन्दुमा पुुगेर उनी आफ्नो चाहनाको कारागारबाट मुक्ति खोज्छन्, उनले मुुक्ति पाउँछन् या आफ्नै आत्मछविको मृत्युुको विलाप गुनगुनाउन बाध्य हुन्छन् भन्ने कुरालाई यस कृतिमा उल्लेख गरिएको छ । 

उपन्यासमा सम्बन्धहरूलाई अत्यन्त मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ भने तिनका विरोधाभासलाई झन यथार्थपरक ढंगबाट पस्किइएको छ । सामान्य लाग्ने कथावस्तुलाई विशेष तरिकाको प्रस्तुति नै उपन्यासको अब्बल पक्ष रहेको छ भने दार्शनिक पक्ष पनि त्यतिकै बलियो छ । सलल बगेको उन्पयासको भाषा स्तरीय छ जसलाई सुरू गरेपछि नसकी छोड्न मन लाग्दैन । उपन्यासलाई सुरज प्रिन्टिङ प्रेसले बजारमा ल्याएको छ जसलाई सम्पादन शरदचन्द्र वस्तीले गर्नुभएको छ । 

डेढ दशकदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध लेखक समीरले आफूले बुझेका जीवनका विविध सन्दर्भहरू उपन्यासमा प्रस्तुत गर्नुभएको पाइन्छ । एउटा राम्रो सिर्जना नेपाली पाठकमाझ पस्किएर हामीलाई अनेकौं गुन लगाउनुभएको छ सुमितले । यसका लागि उहाँलाई हृदयबाट नै बधाई तथा पुस्तकको सफलताको कामना । लण्डन स्कुल अफ इकोनोमिक्स, बेलायत र क्विन्स विश्वविद्यालय क्यानडाबाट दुई छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गर्नुभएका शर्माको अंग्रेजीमा नन्फिक्सन कृति ‘अनफिनस्ड् ज्योर्नी ः स्टोरी अफ अ नेसन’ प्रकाशित छ । आगामी दिनमा उहाँका मनमा रहेका गुथीहरूबाट ज्ञानबद्र्धक, सूचनामूलक र संग्रहणीय अन्य कृतिको रसस्वादन गर्न पाइयोस्, यही कामना सुमीतजीसँग ।