काठमाडौं:=नेपाल सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु सरह भएकोले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
बुधबार आयोजित एक कार्यक्रममा सञ्चार माध्यमसंगको कुराकानीको क्रममा उनले बोल्दै भने , बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको र समाचारहरु पनि सुनिने गरेको उनले बताए । त्यो कदापि हुँदैन , किनभने म प्रधानमन्त्रीको पदसम्म आएको आफ्नो रहरले हैन , जनताले जिताएर पठाएर आएको हुँ , त्यसकारण राजिनामा दिन्न ।
उनले थप बोल्दै भने, ‘के अहिले मैले राजीनामा दिनु देशको लागी ठिक हुन्छ ? मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण कुनैपनि हालतमा म राजीनामा दिने बाला छैन ।’




















