काठमाण्डौं:= नेपाल भ्रमणका लागि भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवाणे काठमाण्डौं आईपुगेका छन् । भारतीय सेनाध्यक्ष नरवाणे भारतीय वायु सेनाको विशेष विमानुइन्डियन एयर फोर्स–३३ु मार्फत काठमाडौं ओर्लिएका हुन् ।
भारतीय सेनाध्यक्ष नरवाणेलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालगायतका उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए । भ्रमणदलमा नरवणेकी श्रीमतीसहित चार सदस्य रहेका छन् । नरवाणेलाई भोली बिशेष समारोह गरी राष्ट्रपति विद्या देवी भण्डारीबाट मानार्थ नेपाली सेनाको सेनापतिको उपाधी दिईने छ । प्रधानसेनापति थापाले २०७५ पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरेका थिए ।
सन् १९५० देखि दुबै देशले एक अर्काका सैन्य प्रमुखको मानार्थ उपाधी दिने चलन शुरु भएको थियो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री एवं रक्षा मन्त्री केपी शर्मा ओलीसगँ पनि नरवाणेले भेटघाट गर्नेछन् । नरवाणेको भ्रमणलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।




















