नमस्ते तथा नमस्कारको रहस्य र मर्म के हो ?

[ लेखक : विश्वनाथ खरेल ]

संसारकै प्राचीनतम् संस्कृति नमस्ते तथा नमस्कार हुन् । विश्व साहित्यको सर्वाधिक प्राचीन ग्रन्थ ऋग्वेदमै यसको उल्लेख भएको भेटिन्छ । मूलतः आज आएर नमस्कार संस्कृत शब्दको खोजी भइरहेको छ । संस्कृतको नमः शब्दबाaट लिइएको नमस्कारको अर्थ प्रणाम गर्नु भन्ने हुन्छ । प्रत्येक व्यक्तिभित्र ईश्वरीय तत्व हुन्छ । त्यसलाई आत्मा भनिन्छ । नमस्कार गर्दा एक व्यक्तिको आत्माले अर्को व्यक्तिको आत्मालाई अभिनन्दन वा सम्मान गरेको अर्थमा नमस्कार गरेको भन्ने अर्थ लाग्छ । दुवै हात जोडेर नमस्कार गर्नाले मनमा स्वच्छ भावनाको विकास हुन गई सकारात्मक सोचको विकास हुन्छ । 

कोरोना भाइरसले यतिबेला बदलिँदो संसारलाई नै हल्लाई दिएको छ । यतिखेर नेपाललगायत विश्वका धेरै मुलुकहरूले लकडाउनको सामना गर्नु परिरहेको छ । विश्व आतंकित बनिरहेको छ । स्कुल, क्याम्पस, उद्योग, धन्दा, कलकारखान बन्द छन् । त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुयानहरू, स्थानीय सवारीसाधनलगातय विभिन्न देशका नाकाहरू बन्द छन् । यो भाइरस अहिले नेपाललगायत विश्वका सबै देशहरूमा फैलिसकेको अवस्था छ । यस रोगबाट हालसम्ममा धेरैको धनजनको नोक्सान भएको अवस्था छ । अतः हाम्रा पूर्वजले चलाएका चलन कति वैज्ञानिक छन् भनेर अहिले आएर प्रमाणित भएको छ । 

अहिले कोरोनाको प्रकोपले गर्दा एकआपसमा हात मिलाउन नहुने भएपछि देश, विदेशमा अभिवादनको समस्या देखिएको छ। हात मिलाउनु, अँगालो हाल्नु हानिकारक छ । हाम्रो संस्कार नमस्कारलाई कोरोना भाइरसले राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रियकरण गरिरहेको छ । आज खोजिँदै छ– आखिर नमस्कारको रहस्य र मर्म के हो ? यसरी हरेक व्यक्तिले नमस्कार मन, आवाज र मुद्राले गर्न सकिन्छ । आवाजमा निस्कने नमस्कार संस्कृत शब्द हो । नमस कृ–घञ भएर नमस्कार शब्द बन्छ । नमः को अर्थ म नमन गर्छु या म झुक्छु या मेरो अहंकार झुक्यो भन्ने हुन्छ । 

यसरी ममा भएको उज्यालो तिमीमा भएको उज्यालोसँग मिल्छ, तिमी र ममा भेद छैन भन्ने गहिरो कामना नै नमस्कार हो भनिएको छ । नमस्कारको भावार्थ हो सम्मान गर्नु । हाम्रा पाँच औंलालाई पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशका रूपमा अथ्र्याइएको छ । यी औंला एकसाथ हुँदा तिनै पाँच ऊर्जाको प्राप्ती हुन्छ । देखिने भौतिक कुराबाट नभई खासमा त्यो ऊर्जाकै कारण मान्छे जिउने हुनाले ऋषिमुनिहरूले नमस्कार उत्कृष्ट ठह¥याएर संस्कृतिका रूपमा ल्याएको तर्क छ । यसको साथसाथै नमस्कार र नमस्ते दुवै हाम्रा संस्कारयुक्त शब्द रहेछन् । 

सानाले ठूलालाई अभिवादन गर्छन् । सावधानीपूर्वक संस्कारयुक्त प्रणाम गर्छन् तर प्रत्युत्तर आउँछ एउटा हात बल्लतल्ल यसो कुमभन्दा माथितिर उठाइदिन्छन् । संस्कार । नमस्ते संस्कार । कृपया यसरी हामी आफ्नै संस्कृतिमा बाँचौं । जसले आदर्श, शान्ति, सम्मानित भावना, हरेक व्यक्तिबीचमा समता, स्वस्थता, आत्मीयता थुप्रै आदर्श भाव, सामाजिक गुणलाई जीवन्त राख्ने रहेछ।

संसारभरीका सरकारी तथा गैरसरकारी संस्था तथा स्वास्थ्य विज्ञले मात्र होइन, अमेरिका, भारत र बेलायतका सरकार प्रमुख डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी र बोरिस जोनसनलेसमेत चुम्बन, अंकमाल र हात मिलाउनुका सट्टा दुई हात जोडेर नमस्कार गर्न सुरु गरिसकेका छन् । नमस्कार एक व्यक्तिले नजिकको आफन्त, साथीभाइ अगाडि उभिएर दुवै हातका औंला आकाशतर्फ फर्काएर गरिने अभिवादनलाई भनिन्छ । नमस्कार अथवा नमस्ते गर्नु भनेको अभिवादन गर्ने प्रचलित चलन हो । कुनै व्यक्तिसँग सुरुमा मिल्ने वा उहाँसँग बिदाइ हुने समयमा नमस्कार भनेर अभिवादन गर्ने गरिन्छ । हामी आदरणीयहरूलाई नमस्कार मुद्रामा प्रणाम गर्छौं । 

विभिन्न संस्कारमध्ये नमस्कार गर्नु एउटा संस्कार हो । नमस्कार एउटा यौगिक प्रक्रिया पनि हो । नमस्ते, नमस्कार, प्रणाम हाम्रो परम्परागत अभिवादन शैली हुन् । हामी कसैसँग भेट हुँदा दुई हात जोडेर नमस्कार गर्छौं । नमस्ते भन्छौं । यसो गर्दा माया, ममता र सम्मान सबै पुग्छ । शिष्टाचारको पालन हुन्छ । हाम्रो शारीरिक मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ । अतः हाम्रा पूर्वजले चलाएका चलन कति वैज्ञानिक र हानिरहित छन्, अहिले आएर प्रमाणित हुन थालेको छ । अहिले कोरोनाको प्रकोपले गर्दा एकआपसमा हात मिलाउन नहुने भएपछि देश, विदेशमा अभिवादनको समस्या देखिएको छ । 

हात मिलाउन, अँगालो हाल्नु हानिकारक छ । मुख मिलाउनु अर्थात् चुम्बन गर्नु अझ् हानिकारक छ। तसर्थ फर्कनुको अर्थ पहिले त्यही स्थानमा रहनुको प्रमाण पनि हो । प्रसंग हो, कोरोना भाइरसको संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले अभिवादनस्वरूप हात मिलाउने परम्परालाई रोक्न गरेको आग्रह पनि हो ।

अन्त्यमा भन्नुपर्दा नमस्कार गरेर झुक्नु आफैंमा सम्मान हो र त्यसबाट तपाईं मभन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाइँको अधीनस्थ हुँ भन्नेभाव व्यक्त भइरहेको हुन्छ । मेडिकल विज्ञानले पनि भनेको छ—हाम्रा हातमा धेरैतिरका नसाहरू आएर अन्त्य हुन्छन्, जसले गर्दा हत्केलाका खासखास नसाहरूबाट शरीरको पूरै पद्धतिलाई नियन्त्रण गर्न सकिन्छ । यसको साथसाथै देवता, गुरु, ब्राहृमण, साथी र मान्यजनलाई नमस्कार शरीर, मन र वचन तीन प्रकारले गरिन्छ । नमस्कारका बेला अघिल्तिरको मान्छेसामु झुक्दा औंलाले आँखीभौंको बीच भागमा छुन्छ अनि नमस्कार गर्नेका आँखा दुई सेकेण्डका लागि बन्द हुन्छन् । 

[ तस्बिर : विश्वनाथ खरेल ]

आँखा बन्द हुँदा मानिसको सम्पूर्ण ऊर्जाभित्र केन्द्रित हुन्छ र बाहिरी संसारसँग उसको सम्बन्ध एकै छिनका लागि टुट्छ । अर्थात्, ऊभित्रका लोभपाप जस्ता स्वार्थी आकांक्षाहरू एकै छिन् भए पनि हराउँछन् । यसर्थ नमस्कार अभिवादनमात्र नभएर वसुधैव कुटुम्बकंको परिपूरक रूप हो, जसले वसुधा (पृथ्वी) मा बसोबास गर्ने सबै मेरा मित्र हुन् भन्नेभाव जागृत गर्छ । एकचित्त भएर गरिएको नमस्कारले नदेखिने तर प्रत्यक्ष प्रभाव पर्ने दुई व्यक्तिबीच सूक्ष्म स्पन्दन प्रवाह गरेको हुन्छ।

त्यही सात्विक स्पन्दनले मान्छेमा नकरात्मकता हराउँछ र उसमा सम्यक भाव उत्पन्न हुन्छ । मूलतः हिजोसम्म नमस्तेको नामै सुन्न नचाहनेहरू यसैको आदर्शमा आलोडित हुन थाल्नु भनेको युग परिवर्तनकै संकेत हुनुपर्छ, जसको जस नचाहेर पनि समयलाई नै दिनुपर्छ, जसले आफ्नै प्रवाहमा कोरोना भाइरसलाई बगाउँदै ल्याएको थियो ।