गायक विरेन्द्र र गायीका विष्णु माझीको स्वरमा सजिएको “बर बर आँशु” काे भिडियो सार्वजनिक।

काठमाडौं := सर्जक शक्तिराम दशाैंदी र केशव सावकाेटाकाे सांगितीक काेसेली बर बर आँशुकाे भीडीयाे सार्वजनीक भएकाे छ । जनता डिजिटलकाे व्यानरमा निर्माण गरीएकाे म्युजीक भीडियाेमा गायक विरेन्द्र बुढा र गायीका विष्णु माझीले शुमधुर स्वर सजिएको छ।

उक्त गितकाे शब्द सर्जक शक्तिराम दशाैँदीकाे रहेको छ , जसमा म्युजिक केशव सावकाेटाले भरेको हो , गितकाे ब्यवस्थापन राजु शुनामले गरेका हुन । अडियाे माला श्री स्टुडियाेले निर्माण गरेकाे हाे। गित बर बर अाँशुकाे म्युजीक भिडियाे अाइतवार दीउसाे जनता डिजिटल युटुव च्यानलवाट सार्वजानिक भएकाे छ । सार्वजनिक म्युजिक भिडियाेमा किसाेर खत्री , रेजिना विष्टकाे दमदार अभिनय देख्न सकिन्छ।

म्युजिक भिडियाेकाे निर्देशन शिर्जन बरालले गरेका हुन भने , छायाँङ्कन राजेश घिमिरे र दिपक गिरीले गरेका हुन। म्युजिक भिडियाे सम्पादन भने अमृत चापागाइले गरेका हुन ।विशेष गरी माया पिरतीमा बाध्यताले टाढा भएर, पुन भेट हुन नसक्दा परेकाे पिडा र बेदनालाइ भिडियाेमा देखाउन खाेजिएकाे छ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् :