भाइरल बन्दै नेहा र रोहनप्रितको विवाहको भिडियो (भिडियो सहित)

काठमाडौं := बलिउडकी गायिका नेहा कक्कर र पञ्जावी गायक रोहनप्रित सिंहले विवाह गरेका छन्। उनीहरुले २४ अक्टुबरको दिन आफ्ना परिवार र नजिकका नातेदारका बीचमा विवाह गरेका हुन्। नेहा र रोहनले दिल्लीको गुरुद्वारमा परम्प रागत आनन्द कारजमा एक समारोहमा लगनगाँठो कसेका हुन्।

यो विवाहदेखि उनीहरुका फ्यानहरू धेरै खुसी छन् र उनीहरूलाई सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका छन्। उनीहरुका सुभेच्छुक र समर्थकहरु बीच यो विवाह केही समय पहिलेदेखि नै चर्चाको विषय बन्दै आएको थियो । नेहा र रोहनले आफ्नो विवाहका फोटो र भिडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए।

उनी हरुका समर्थकले समेत विवाहको भिडियो फोस्ट गर्नुका सथै सेयर समेत गरेका छन् । अहिले नेहा र रोहनको विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरल बनि रहेको छ । बलिउडकी गायिका नेहा कक्कर र पञ्जावी गायक रोहनप्रित सिंहले विवाह भिडियो यहाँ लिंकमा छ ।