मलेसियाको काजाङमा ४२ जनामा कोरोना संक्रमण देखिएपछि एरियालाई सिल गरियो।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा तिब्र रुपमा बढीरहेको कोरोना भाइरस ( कोभिड-19 ) को संक्रमणलाई मध्यनजर गर्दै काजाङ भन्ने ठाउँमा कडा आवागमन नियन्त्रण आदेश (PKPD) जारी गरेको छ।

सरकारको वरिष्ठ रक्षामन्त्री दातोक श्रि इस्माईल साब्री याकोबले स्थानीय सञ्चार माध्यमलाई जानकारी गराए अनुसार , काजाङमा रहेको सुङ्गाइ इमास , जालान इमास ३१ र जालान इमास ३२ सेरता स्टप प्लाजा हेन्तियानमा अक्टोबर २८ तारिख बुधबारदेखी नोभेम्बर १० तारिखसम्म लागु हुनेगरी त्यस् एरियालाई हिजो रातीनै तारबार लगाएर सिल गरिएको कडा आवागमन नियन्त्रण आदेश जारी गरिएको बताएको छ।

रक्षामन्त्री साब्रीले भने , ” त्यस् ठाउँमा अपार्टमेन्टमा बसोबास गर्ने ४२ जना नागरिकमा कोरोना भाइरसको संक्रमण सकारात्मक ( पोजेटिभ ) देखिएकोले त्यहाँ बसोबास गर्ने बाकी सम्पुर्ण नागरिकको आवश्यक स्वास्थ्य चेकजाँचको साथै संक्रमण फैलिन नदिनको लागी र संक्रमितहरुको थप उपचारको लागी एरियालाई लक गरिएको बताए।

[ photo source : Bernama ]

मलेसियामा केहि महिनाअगाडि नियन्त्रण नजिक पुगेको कोरोनाको संक्रमण पछिल्लो समयमा ह्वात्तै बढेको र दिनप्रतिदिन मर्नेको संख्यामा वृद्धि भएपछि संक्रमण उच्च रहेको ठाउँ ठाउँमा कडा नियन्त्रण आदेश कडाईका साथ लागु गरिएको छ। स्थानीय मलेसियन प्रहरीले सडक अवरुद्ध गरि चेकजाँचमा कडाइ गर्नुको साथै एसओपि पालना नगर्नेहरुलाई कडा कारवाही समेत गरिरहेको पाइएको छ।-Bernama

( बिज्ञापन / Advertise )