एजेन्सी := भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्तकुमार गोयल नेपाल आएर फर्किए लगत्तै भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन।
भारतीय सञ्चारमाध्यमका अनुसार नरवाणे आगामी नोभेम्बर ४ पछि तीन दिने नेपाल भ्रमणमा आउने पक्कापक्की भएको छ । उनले पनि शीर्ष तहको भेटवार्ता गर्ने बताइएको छ ।
यसअघि नेपालमा आएका रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री ओली सहित प्रचण्ड, देउवा, लगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए । त्यो गोयल संगको भेटघाट कुटनीतिक मर्यादा विपरित भएको भन्दै अझै नेपालमा चर्को आलोचना भइरहेको छ ।




















