क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा अक्टोबर १४ तारिखदेखी २७ तारिखसम्मको लागी जारी गरिएको सशर्त आवागमन नियन्त्रण आदेश ( CMCO ) सिएमसिओको अवधी थप गरिएको छ।
मलेसियामा नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा र मृत्यु हुनेको संख्यामा अच्चानक पुनः वृद्धि भएपछि सरकारले संक्रमण बढीरहेको ठाउँ, एरियामा सशर्त आवागमन नियन्त्रण आदेशको अवधी अक्टोबर २८ तारिख,२०२० देखी आउँदो महिना नोभेम्बर १० तारिख २०२० सम्म लम्ब्याउनु परेको सरकारको वरिष्ठ-रक्षामन्त्री ईस्माइल साब्री याकोबले एक पत्रकार सम्मेलन मार्फत बताए। यो खबर स्थानीय पत्रीका द-स्टारमा प्रकाशित छ।

अहिले कोरोना जोखिम उच्च रहेको ठाउँ क्वालालम्पुर , सेलाङ्गर , पुत्राजाया , केलाङ् र साबाह , साराबाह , लगायतकोमा कन्डिसनल एमसिओ कडाईका साथ जारी लागू गरिएको र संक्रमण कम नहुन्जेलसम्म जारी रहने रक्षामन्त्री साब्रीको भनाइरहेको छ।
अहिले एक राज्यबाट अर्को राज्यमा यात्रा गर्नलाई विशेष किसिमको यात्रा अनुमति लिएर मात्रै यात्रा गर्न मिल्ने नियम सरकारले लगाएको छ , साथै एसओपि पालना नगर्ने हरु लाई कडा कारवाही गरिने समेत यहाँको सरकारले बताएको छ।




















