काठमाडौँ := कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण यो दशैँ सारा नेपालीले सोचे जसरी हर्सो उल्लासमय तरिकाले मनाउन पाएनन् । कतै मास्क लगाएर टिका लगाएका दृश्यहरु सार्वजनिक भएका छन् त कतिपय घर बाहिर नै निस्किएका छैनन् ।
यसैबिच यो वर्ष लोकप्रिय नायिका स्वेता खड्काले पनि आफूले दसैँ मनाएको फोटा सामाजिकत्र सञ्जालमा पोस्ट गरेकी छन्। ‘ह्याप्पी दसैँ एभ्रिवान’ लेखेर उनले ट्विटरमा दुई वटा फोटो पोस्ट गरेकी छन्।

त्यस्तै आँफु पनि अरुको घरमा नजाने र आफ्नो घरमा पनि यो वर्ष महामारीका कारण कसैलाई नआउन आग्रह गरेका बरिष्ठ अभिनेता हरिवंश आचार्यले पत्नि रमिला र छोरा मोहीत र बुहारीसँग टिका लगाएर घरमा नै दशैँ मनाए ।
त्यस्तै सदावहार सुन्दरी नायिका करिष्मा मानन्धरले पनि टीका लगाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्। तस्विरमा उनले परिवारसँग रमाइलो माहोल बिताएको दृश्य देख्न सकिन्छ ।



अभिनेत्री झरना थापाले पति निर्माता सुनिलकुकमार थापासँगै र छोरी अभिनेत्री सुहाना थापालाई टीका लगाउँदै गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छन्। ‘हप्पी दसैँ’ भन्दै उनले फेसबुकमा ५ वटा फोटो सेयर गरेकी छन्।
त्यस्तै चर्चित कलाकार, निर्माता निर्देशक दीपकराज गिरी, गायक रामकृष्ण ढकाल, कलाकार सिताराम कट्टेल ‘धुर्मुस’, अभिनेता नाजिर हुसेन, लगायतका लोकप्रिय कलाकारहरुले परिवारसँग रमाइलो गर्दै दशैँ मनाएका तस्विरहरु पोष्ट गरेका छन् । अन्य कलाकरहरुले कसरी मनाए दशैँ रु हेर्नुहोस् कलाकारको दशैँ तस्विरमा






























