काठमाडौं:= भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार बुधबार राती काठमाडौं आएको छ। गोयल प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि बालुवाटार पुगेका छन्। रअ प्रमुख गोयल बुधबार राती ९ बजेर १५ मिनेटमा बालुवाटार प्रवेश गरेको सुरक्षा स्रोतले जनाएको छ। स्रोतका अनुसार राती साढे १० बजेसम्म पनि गोयल बालुवाटारमै रहेका छन्।
यसो त प्रधानमन्त्री ओलीले बेला बेला भारत विरुद्ध सार्वजनिक अभिव्यक्ति दिदैआईरहेको छ। र नेपाली जनताको नजरमा राष्ट्रवादी समेत कहलिएका छन। पछिल्लो समय सीमा विवादपछि नेपाल र भारतबीच कूटनीतिक मौनता रहेका बेला काठमाडौंमा एकाएक भारतीय गुप्तचर अधिकारीहरु सक्रिय भएका हुन्। भारतसँगको सम्बन्ध ठिक नरहेको बेला भारतीय गुप्तचर प्रमुख नेपाल आउनु र प्रधानमन्त्री ओलीसँग भेट्नुले नेपाल–भारत सम्बन्धमा नयाँ कोर्स शुरु हुने संकेत देखिएको छ।
यद्यपी गोयलको नेपाल आगमनबारे नेपाल सरकार र भारतीय दूतावासले केही बताएको छैन। नेपालले आफ्नो भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा जारी गरेपछि भारतले आपत्ति जनाएको थियो। नेपालले वार्ताको प्रस्ताव गर्दा भारतले त्यसलाई महत्व दिएको थिएन।
आगामी नोभेम्बर पहिलो साता भारतीय थलसेना प्रमुख नेपाल आउने तय भइसकेको अवस्थामा गुप्तचर प्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेका हुन्। भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन्।




















