मलेसियामा सुरक्षागार्डको क्षेत्रमा कार्यरत श्रमिकले पुनः कोरोना भाइरस परिक्षण गराउनुपर्ने।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा सुरक्षागार्डको क्षेत्रमा कार्यरत विदेशी,नेपाली सुरक्षागार्डहरुले पुनः कोरोना भाइरस ( कोभिड -19 ) को परिक्षण गराउनुपर्ने भएको छ।

मलेसियाको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोबले बुधबार पुत्राजायामा आयोजित एक पत्रकार सम्मेलनमा सञ्चार माध्यम संगको कुराकानीको क्रममा भने, ” मलेसियामा कोरोना संक्रमण पछिल्लो समय बढ्दै गैईरहेको छ,संक्रमणले फ्रन्ट लाईनमा काम गर्ने कामदारहरु मध्य सेक्युरिटीगार्डहरु उच्च जोखिममा रहेको छ , र कतिपय सपिङमलहरु,पसलहरुमा कार्यरत सुरक्षागार्डहरुमा संक्रमण समेत पुष्टि भैईसकेको छ। त्यसैले संक्रमणलाई फैलिन नदिन संक्रमितको उपचार भैइरहेको र सपिङमल भित्र र उनिहरु बस्ने होस्टेल पनि सेनिटाईज गर्ने कार्य तिब्र गतिमा अगाडि बढाइएको रक्षामन्त्री साब्रीले बताए।”यो खबर स्थानीय पत्रीका द-स्टारमा प्रकाशित छ।

[ तस्बिर : वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोब ]

रक्षामन्त्री साब्रीले थप बोल्दै भने , “अब देखी सुरक्षाक्षेत्रमा कार्यरत सेक्युरिटीगार्डहरुको पुनः स्वाब , स्वास्थ्य परिक्षण गराएर रिपोर्ट नेगेटिभ आएकोलाई मात्रै काममा लगाउन अनुमति दिईने उनको भनाइ छ।

इस्माईल साब्रीले भने कि यो नियमन गत मे महिनादेखि देखिएको छ र यो एक मानक अपरेटिंग प्रक्रिया हो जुन सबैले पालन गर्नुपर्दछ। “कृपया रोजगारदाताहरुले र सपिङमलको ब्यवस्थापन समितिले सुनिश्चित गर्नुहोस् कि विदेशी सुरक्षा गार्डहरूको परिक्षण गरिएको छ र उनीहरूको स्वब टेस्टहरू काममा आउनु अघि नै नकारात्मक छन्,” उनले भने।

[ Photo source : the star / कोरोना भाइरसको संक्रमण फ़ेला परेको सपिङमलमा सेनिटाईज गर्दै ]

यसअघि पनि मलेसिया सरकारले यहाँ कार्यरत सम्पुर्ण स्वदेशी , विदेशी कामदारको कोरोना चेकजाँच सम्बन्धि स्वाब परिक्षण गराउन निर्देशन जारी गरेको थियो , र सोही निर्देशन अनुरुप अधिकाँस रोजगारदाता कम्पनीले आ-आफ्नो कामदारको स्वाब परिक्षण गराएको थियो , जसले कोरोना भाइरसको संक्रमणलाई रोक्न सहयोग पुगेको थियो।