ओलीले गरे मन्त्रिमण्डल पुनर्गठन, अर्थ मन्त्रीमा विष्णु पौडेल, मन्त्रीको संख्यामा थारुको सहभागीता शुन्य।

काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्ति र हेरफेरको निर्णय भएको जानकारी दिएको हो।

ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गरेका छन् ।  उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी तोकेको छ्। ओली आफैं भने रक्षा मन्त्रालयको जिम्मेवारीमा बसेका छ्न।

पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन।यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।