आर.के थारुको मन लागेना गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक।

[ प्रमोद जंग चौधरी ]


बाँके (नेपालगँन्ज) := केही वर्ष देखि संगीतिक क्षेत्रमा मन बढाउ रुचि राख्दै आएका आर.के. थारुको पहिलो थारु गीत मन लागेनाको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।

मन लागेना बोलको थारु गितमा स्वर आर के थारू र चर्चित गायीका अन्नु चौधरीको रहेको छ । गितको शब्दमा सुबेश कठरिया, रचनामा र संगीत, व्यवस्थामा गणेश चौधरीले साथ दिएको छ। त्यसै गरि भिडियोमा कोरस स्वरमा समिक्षा चौधरी, सोनु कुश्मी, गणेश चौधरी लगायतले सथा दिइएका छन्।

भिडियोलाई सुरज कुशुम्याले निर्देशन गरेको छ । सुरज कुशुम्याले निर्माण गरेको यस् म्युजिक भिडियोमा नृत्य नरेश चौधरी र मान्सा रावलको रहेको छ। भिडियोको छायांकन ठाकुरबाबा नगरपालिका बर्दिया र च्याम गाउँ बाँकेमा भएको आर के थारुले जानकारी गराए।

भिडियोको छायांकन रामु चौधरीले गरेका हुन, भने मेकअप,श्रिङ्गार सुष्मा थारु र सपना दहितले गरेकी हुन। भिडियो चाहिँ आर के सि डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।