[ राम अवतार चौधरी ]
कपिलवस्तु:= बागलुङ ढोरपाटन राहत संकलन समिति कपिलवस्तुले बिहिवार ढोरपाटन नगरपालिका वडा नं ९ सुकुर्दुङमा पुगेर कपिलवस्तुबाट संकलन गरि राहत वितरण गरेको छ । साथै राहत संकलन समितिले २ जना वाढि पीडित विद्यार्थीलाई कक्षा १२ सम्म पढाई खर्चको लागि कोष खडा गर्ने संयोजक केर सिंह अदलेै बताए ।
ढोरपाटन नगरपालिका वडा नं ९ का अध्यक्ष हरि बहादुर घर्ति र वडा नं ७ का वडा अध्यक्ष दीपक थापाको रोहबरमा, ९७ घर परिवार पूर्ण बिस्थापित, ४३ घर परिवार आंसिक क्षति भएका घर परिवार लाई १४० थैली चिउरा , ५ केजी को हिसाबले, ९७ थान कम्बल, ९७ थान सिरानी, ९७ थान च्यादर, र बिस्कुट वितरण गरेको हो ।

बागलुङबाट बसाइँ सरी कपिलवस्तुमा बसोबास गर्नेहरुले केर सिंह अदैको संयोजकतत्वमा ११ सदस्सीय सहयोग २ लाख १३ हजार नगद रकम जम्मा गरि संयोजक केर सिंह अदै, जुद्ध बहादुर कार्की, लोक राज गिरी लगायतको टिम ढोरपाटनमा पुगेर राहत वितरण गरिएको हो ।
यसै गरी २ जनवादी पीडित विद्यार्थीलाई १२ कक्षा सम्मको पढाई खर्चको लागि कोष खडा गर्ने भएको छ । ढोरपाटन नगरपालिका वडा नं ९ का घर बास नभएका, कक्षा ९ मा अध्ययनरत ज्ञानोदय माध्यमिक विद्यालयमा अध्यनरत महेन्द्र पुन र ढोरपाटन नगरपालिका वडा न ८ सुप्रङकी बुबा नभएकी, घरबास नभएकी कक्षा ८ मा अध्ययनरत सजना विकलाई पढाउन कपिलवस्तुमा कोष खडा गरिने संयोजक केर सिंह अदैले जनाए । ढोरपाटन वाढी पीडितहरुलाई सहयोग गर्ने सहयोगीहरूलाई, वडा अध्यक्ष, सचिव लगायतले धन्यवाद समेत दिएका थिए ।




















