[ राम अवतार चौधरी ]
कपिलवस्तु:= दुई बर्षदेखि भारतको बनारसमा अलपत्र परेकी १४ बर्षिय एक बालिकाको उद्दार गरिएको छ । शान्ति पुनस्र्थापना गृह कपिलवस्तुले भारतीय दुतावासको सहयोगमा उद्दार भएको जनाएको छ ।
जिल्लाको बिजयनगर घर भएकी १४ बर्षिय बालिका परिवर्तित नाम सपनाको उद्दार भएको बताईएको छ । दुई बर्ष पहिले बेपत्ता भएकी बालिकालाई नाम नखुलेको व्यक्तिले ललाई फकाई गरि आर्केस्तामा डान्स लगायत कार्यको लागि कृष्णनगर हुँदै भारतको बनारस पु¥याइएको थियो । त्यहाँ लुकाइ छुपाई गरि राखिएको गोप्य सूचनाको आधारमा फेला पारी बालिकालाई उद्दार गरिएको क्षेत्रिय संयोजक भुमिराज भट्टराईले जनाए ।

शान्ति पुनस्र्थापना गृहका क्षेत्रिय संयोजक भट्टराई र परामर्शदाता सुनिता केसीको विशेष पहलमा यहि असोज २३ गते भारतको बनारस अवस्थित निकेतन बालगृहबाट उद्दार गरि नेपाल ल्याएर उक्त बालिकाको अभिभावकलाई जिम्मा लगाइएको शान्ति पुनस्र्थापना गृह कृष्णनगरले जनाएको छ ।
विश्वभरि कोभिड–१९ को महामारी फैलिएरहेको बखत तथा लकडाउन अवधिदेखि हाल सम्मको अवस्थामा शान्ति पुनस्र्थापना गृहले आफ्नो कार्यलाई यथावत राख्दै भारतको विभिन्न शहरबाट ११ जना र बडरबाट ३६ जना गरि ४७ जना महिला तथा बालबालिकाहरूको उद्दार गरिएको शान्ति पुनस्र्थापना गृह कपिलवस्तु जिल्ला संयोजक निशा पन्थी जानकारी दिइन् ।




















