[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= गैर आवाशिय नेपाली संघ एनआरएनए ( NRNA ) मलेसियाले शारीरिक रुपमा अशक्त एक नेपाली महिला श्रमिक लगायतको नेेपालीहरुलाई स्वदेश फर्किनको लागि सहयोग गरेको छ।
नेपाल ठेगाना सोलुखुम्बु जिल्ला , पासाङ लाम्हु गाउँपालिका वडा नम्बर .९ जुबिङ निवासी नेपाली महिला आङ् निङमा शेर्पा आज भन्दा ७ बर्ष अगाडि वैदेशिक रोजगारीको निम्ति ( nation venture sdn bhd ) नामक मेरु केलाङमा अवस्थित एक कम्पनीमा काम गर्दै आएकी थिइन्। आङ् निङमा शेर्पा एकदिन कम्पनीबाट ड्युटी सकिएर होस्टेल फर्किने क्रममा मोटरसाइकल परिन र उनको खुट्टा भाचियो।
दुर्घटनामा परि खुट्टा भाचिएपछी कम्पनीले मलेसियामा उपचार गरिदिन आनाकानी गरेपछि थप उपचारको लागी शेर्पा नेपाल् फर्केकी थिइन्। र आफ्नै खर्चमा नेपालकै अस्पतालमा उपचार समेत गराईन्। आर्थिक अवस्था एकदमै दयनीय रहेको शेर्पाको खुट्टाको घाउ पुर्ण रुपमा निको नभएकै बेला बाध्यताबस पुनः सोही कम्पनीमा काम गर्न फर्किनुपरेको दु:खद कथा सुनाइन् पीडित शेर्पाले।


दिन बित्दैजादा खुट्टाको घाउ पुनः बल्झिएर पछिल्लो समयमा दुईवटै खुट्टामा संक्रमण देखिन थालेपछि शेर्पाले पुनः कम्पनीलाई उपचारको निम्ति गुहार मागिन तर कम्पनीले उपचार उनको पिटिक्कै बास्ता गरेन र उपचार पनि गरिदिएन।
बाध्यात्मक परिस्थितिमा शेर्पाले आफैं आवश्यक उपचार गराउदै औषधि सेवन गर्दै बसिन् । र शेर्पाले अन्त्यमा अन्ततः रोजगारदाता कम्पनी छोड्ने निर्णय गरेर अबैधानिक रुपमा काम गर्न थालेको कुरा सुनाइन्।
पछिल्लो समय सिकिस्त बिरामी परेर थल्ला परेका आङ् निङमा शेर्पा संग आफ्नो खुट्टाको थप उपचार गराउन न त आर्थिक रकम थियो , न त घर फर्किनलाई हातमा पासपोर्टनै ।
पिडैपिडामा बाचिरहेकी आङ् निमा शेर्पाले आफ्नो उद्धार गरिदिनुहुनको लागी मलेसियामा रहेको नेपाली दूतावास र समाजिक संस्था शेर्पा किदुग मलेसिया लगायतकोमा निवेदन पेश गरेकी थिइन्।


अन्ततः मलेसिया स्थित नेपाली दूतावासको विशेष सहयोग र पहलमा एनआरएनए मलेसियाले आङ् निङमा शेर्पालाई स्वदेश फर्किन सहयोग स्वरुप हवाई टिकट उपलब्ध गराए लगतै आज क्वालालम्पुर देखी काठमाडौंसम्म भएको हिमालयन एयरलाइन्सको उडानबाट स्वदेश फर्किन सफल भएको एनआरएनए मलेसियाको अध्यक्ष हरि भट्टराईले बताउनुभयो।

पछिल्लो समयमा एनआरएनए मलेसियाले विभिन्न उदाहरणिय सामाजिक कार्यहरु गर्दै आईरहेको छ। केही दिन अगाडि मात्रै मलेसियामा उपचारको क्रममा मृत्यु भएको झापा जिल्ला निवासी वीर कुमार लिम्बुको परिवारलाई राहत स्वरुप नेपाली रु.१४ हजार २५ रुपैयाँ प्रदान गरि सहयोग गरेको छ। त्यस्तै घरफिर्तीको निम्ति आर्थिक अवस्था कमजोर रहेको सखुवासभा जिल्ला निवासी बलराम माझीलाई आरएम ५०० , जामलिंग भोटेलाई आरएम ५०० रिंगेट , भिम कुमार दर्जी लगायतको नेपाली श्रमिकहरुलाई आर्थिक सहयोग गरेको एनआरएनए मलेसियाले जनाएको छ।
यदि तपाईं पनि वैदेशिक रोजगारीको निम्ति मलेसियामा हुनुहुन्छ र तपाईंलाई कुनै किसिमको समस्या परेर आवश्यक सहयोग चाहिएको छ् , भने एनआरएनए मलेसियालाई सम्झन सक्नुहुनेछ।





















