कोरोना संक्रमित शान्ता चौधरीको स्वास्थ्यमा सुधार नभएपछि आईसियुमा सारियो।

काठमाडौं:= कोरोना भाइरस ( कोभिड -19 ) को संक्रमणबाट संक्रमित भएकी नेकपा संसदीय दलकी सचेतक एवंम समानुपातिक सांसद शान्ता चौधरीलाई आईसीयु ( इमर्जेन्सीकक्ष ) मा सारिएको छ ।

यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भए पश्चात् बीर अस्पतालमा भर्ना भएको
चौथो दिन सम्ममा पनि स्वास्थ्यमा केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको शान्ता चौधरीको सचिवालयले बताए।

उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् । यसअघि पनि शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनले स्तन क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन्।