मलेसियामा छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जना नेपाली श्रमिकको मृत्यु।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा रोजगारीको निम्ति कार्यरत दुईजना नेपाली श्रमिकको छुट्टाछुट्टै दुर्घटनामा परि मृत्यु भएको छ।

गएको महिना सेप्टेम्बर १६ तारिखको दिन मोटरसाइकल दुर्घटनामा परेर नेपाल ठेगाना पाल्पा जिल्ला निवासी दिपक रानाको मृत्यु भएको गणेश क्ष्रेष्ठले जानकारी गराउनुभयो।
पेनाङको एक पलाष्टिक कम्पनीमा कार्यरत २८ बर्षिय दिपक रानाको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको जनाइएको छ।

त्यस्तै गएको महिना सेप्टेम्बरमै ३० तारिखको दिन पेनाङमै अवस्थित ( LTS COLD STORAGE SUPLLIES M SDN BHD ) नामक कम्पनीमा बिगत १० बर्षदेखी कार्यरत भोज सिंह बिष्टको करेन्ट लागेर मृत्यु भएको गणेश क्ष्रेष्ठलेनै जानकारी गराउनुभयो।
कंचनपुर जिल्ला निवासी ३८ बर्षिय भोज सिंह बिष्ट कम्पनी भित्रै काम गरिरहेको बेला करेन्ट लागेर मृत्यु भएको जनाइएको छ।

मृतक दिपक राना र भोज सिंह बिष्टको शवको पोस्टमार्टम सकिए पश्चात् रोजगारदाता कम्पनी र मलेसिया स्थित नेपाली दूतावासको सहयोगमा आवश्यक सम्पुर्ण कानुनी कागजी प्रक्रिया पूरा गराई अन्तिम दाह संस्कारको लागी आज शनिबारको दिन क्वालालम्पुर देखी काठमाडौं सम्मको उडान भरिरहेको हिमालयन एयरलाइन्सको फ्लाईट बाट शवलाई स्वदेश पठाईसकेको र काठमाडौंमा शव बुझ्नको लागी मृतकहरुको आफन्तलाई समेत जानकारी गराईसकेको क्ष्रेष्ठले बताउनुभयो।